ताजा समाचार

देउवालाई पाकिस्तानी प्रधानमन्त्री खानको बधाई

काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभाबाट विश्वासको मत पाएको भोलिपल्ट सोमबार पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बधाई दिएका छन्।

दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को सदस्य मुलुक पाकिस्तानका प्रधानमन्त्री खानले साझा हितका बिषयहरुमा नेपालसँग निकटसँग सहकार्य गर्ने पनि बताएका हुन्।

प्रधानमन्त्री देउवालाई बधाई दिने उनी सार्कका दोस्रा नेता हुन्। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार साँझ प्रधानमन्त्री देउवालाई टेलिफोनमा र सामाजिक सञ्जाल ट्विटरमा बधाई दिएका थिए। पाकिस्तानका प्रधानमन्त्री खानले सामाजिक सञ्जालमा सोमबार विहान देउवालाई बधाई दिएका हुन्।

खानले अंग्रेजी र ऊर्दु दुबै भाषामा बधाई दिएका छन्।  ‘म नेपालका प्रधानमन्त्री महामहिम शेरबहादुर देउवालाई प्रतिनिधिसभाबाट विश्वासको मत जितेकोमा बधाई दिन चाहन्छु,’ पाकिस्तानी प्रधानमन्त्रीले भनेका छन्, ‘पाकिस्तान नेपालसँग मैत्रीपूर्ण सम्बन्ध थप गहिरोब बनाउन चाहन्छ र साझा हितका बिषयहरुमा नेपालसँग निकटरुपमा सहकार्य गर्न प्रतीक्षारत छ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org