देउवा सरकारलाई ओलीको कटाक्ष- टालाटुली बटुली, कति राम्री पुतली
काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार टालाटुली बाटुली, कति राम्री पुतलीजस्तो भएको बताएका छन्।
सोमबार च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा भएको एमालेको १० औं केन्द्रीय कमिटी बैठकमा बोल्दै ओलीले देउवाले लिएको विश्वासको मत कबाडीको रिसाइकलबाट भाँडाकुडा बटुलेर बनेको टालाटुली बाटुली कति राम्री पुतली भन्ने खालको भएको बताएका हुन्।
उनले अब सत्ताको दुरूपयोग गरेर आफूहरूमाथि हमला हुन सक्ने बताए।
‘अब सत्ताको दुरूपयोग गरेर हामीमाथि हमला सुरू गर्छन्। जनविरोधी काम सुरू गर्छन्,’ ओलीले भने,‘हाम्रो पंक्तिमाथि हुने सम्भाव्य षडयन्त्र र आक्रमण अनुमान गरेका छौं।’
उनले कांग्रेस र माओवादी दुबैप्रति आक्रोश पोखे।
‘कांग्रेस विगतदेखि नै आफैं आक्रमण गर्ने आफैं मुद्दा हाल्ने प्रवृत्तिको पार्टी हो। माओवादी शिथिल छ नत्र ऊ पनि अपराधको कर्मबाट आएको पार्टी हो,’ ओलीले भने,‘विगतलाई फर्केर हेर्दा हामी आवश्यकताअनुसार परिआए जुझारू ढंगले सशक्त प्रतिवाद गर्न तयार हुनु पर्दछ।’
उनले अब जनदबाबबाट प्रतिक्रियावादीहरूलाई गर्ने हमला परास्त गर्न संगठन निर्माण गर्ने, आफ्नो सरकारले गरेको राम्रो कामको प्रचार गर्ने, वर्तमान सरकारको भण्डाफोर गर्नु पर्ने बताए।
एमाले चिचिलो काँक्रोजस्तो अरूले औंला ठडाएर देखाउँदा झरेर जाने चिज नभएको ओलीको भनाइ थियो।
‘जनताको अपार समर्थन भएको पार्टी हो सबैलाई याद होस्,’ ओलीले भने।
सम्बोधनका क्रममा उनी एमाले वरिष्ठ नेता माधवकुमार नेपालविरूद्ध पनि खनिए।
‘हामीले १० बुँदे स्वीकार गर्यौं, माधव नेपालले मानेनन्। हिजोसम्म बैठकमा आउन आह्वान गर्ने भन्ने आयो। तर अहिले कोटेश्वर घर पुगेका कार्यदलका सदस्यलाई अल्पमतको बैठकमा जान्न भन्ने जवाफ आयो,’ ओलीले भने,‘भीम रावलहरूले देउवालाई विश्वासको मत नहालौं, पार्टी एकतावद्ध बनाऔं भन्दा म विधि-निर्णय मान्दिनँ, एक्लै भए पनि भोट हाल्छु भनेर हप्काएर पठाए।’
उपाध्यक्ष भीम रावलले सांसदबाट राजीनामा दिएकोप्रति पनि उनले असन्तुष्टि व्यक्त गरे।
‘हतारिएर किन राजीनामा दिएको, सल्लाह गर्नु पर्ने। अझै पनि सकिन्छ भने राजीनामा फिर्ता लिनू,’ उनले भने।
आजको बैठकले देउवाको पक्षमा विश्वासको मत दिने २२ सांसदलाई २४ घन्टे स्पष्टिकरण सोध्ने निर्णय गरेको छ।
बैठकमा बोल्दै ओलीले भनेका थिए- पार्टीमा गुटबन्दी महारोगको नेतृत्व गर्ने माधव नेपालहरूले गरेको गद्दारीका लागि कारबाही गर्ने र फ्लोर क्रस गर्ने अरू सबैलाई २४ घन्टे स्पष्टीकरण सोध्ने। गल्ती स्वीकार गरेर आउनेलाई अन्तिम अवसर दिने।
भोलि दिउँसो ३ बजे बस्ने केन्द्रीय कमिटीले यसको बाँकी प्रक्रिया पूरा गर्ने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।
आजको बैठकले विवाद समाधान कार्यदलले तयार पारेको १० बुँदे सहमतिको प्रस्तावलाई पनि पारित गरेको छ।
Comments
अरु समाचार
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
प्रधानमन्त्री ओली र मोदीबीच आज भेट वार्ता हुँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न राष्ट्रका...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...
-
विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
‘‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’’: मन्त्री गुरुङ
काठमाडौं । संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन । विश्वका अन्य देशमा नयाँ संविधान बनिसकेपछिको अभ्याससँग तुलना...