ताजा समाचार

देउवालाई विश्वासको मत दिने नेपालसहित २२ सांसदलाई एमालेले पाठयो स्पष्टीकरण पत्र

काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण पत्र पठाएको छ ।

एमाले केन्द्रीय पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले स्पष्टीकरण पत्र पठाइसकेको जानकारी दिए ।

‘पार्टी अनुशासन उल्लंघन गरेकोले २२ जनालाई स्पष्टीकरण पत्र पठाइएको छ,’ उनले  भने, ‘पत्र उहाँहरुको हातमै चाहिँ परिसकेको छैन होला । पत्र लैजाने मान्छे कार्यालयबाट हिँडिसक्नु भएको छ ।’

यसअघि नै माधवकुमार नेपाल समूहमा खुल्दै आएका १४ सांसद र ओली समूहमा रहेका ८ सांसदले देउवालाई फ्लोर क्रस गरेर विश्वासको मत दिएका थिए । सोमबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले  २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण पत्र सोध्ने निर्णय गरेको थियो ।  ओली समूहले कारबाही गर्ने तयारी गरेपछि नेपाल समूहले पनि आज छलफल गर्दैछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org