विदेशमा गराएको उपचार खर्च राज्यले तिर्न मिल्दैन : नेता थापा
काठमाडौं नेपाली कांग्रेसका नेता तथा पूर्व-स्वास्थ्यमन्त्री गगन थापाले पूर्व-प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको विदेशको उपचार खर्च कानुनी रूपमा राज्यले व्यहोर्न नमिल्ने बताएका छन्।
विदेशमा गरेको जोसुकै नेपालीहरूको उपचार खर्च राज्यले व्यहोर्ने कानुनी व्यवस्था नरहेको भन्दै उनले आवश्यक परेमा देशविदेशमा रहेका नेपालीहरूले उनलाई सहयोग गर्न तप्पर रहेको बताएका छन्।
केपी ओली सरकारले पूर्व-प्रधानमन्त्री खनालको उपचार खर्च राज्यले व्यहोर्ने निर्णय गरेका थिए। त्यसबेला पनि नेता थापाले फेसबुकमा लेख्दै निर्णयको विरोध जनाएका थिए।
त्यस्तै, मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले प्रचण्डनिवासबाट दिल्लीमा उपचाररत नेता खनाललाई फोन संवादमार्फत उपचार खर्च सरकारले व्यहोर्ने बताएका थिए। त्यसलगत्तै विदेशको उपचार खर्च सरकारले व्यहोर्न नमिल्ने भन्दै नेता थापाले बुधबार सामाजिक सञ्जालमा विरोध जनाएका हुन्।
नेता थापाले लेखेका छन्,‘अहिलेको अवस्थामा नेपालको बहालवाला राष्ट्रपति, प्रधानमन्त्रीदेखि अन्य कसैको पनि विदेशमा भएको उपचारको खर्च नेपाल सरकारले व्यहोर्न पाउँदैन, कानुनको यो व्यवस्थाको सम्बन्धमा सम्माननीय प्रधानमन्त्री प्रष्ट हुनुहुन्छ भन्ने मलाई विश्वास छ,अघिल्लो सरकारले कानुनविपरीत गरेको निर्णयको भारी यो सरकारले बोक्ने छैन भन्ने कुरामा तपाईं सचेत हुनुहुन्छ र तपाईको भनाई उद्धृत गर्दै आएका समाचार गलत हुन भन्ने विश्वास छ।’
उनले यस्तो बेलामा उपचारको खर्च सरकारले व्यहोर्ने भन्ने विषय उठाइ उनको बारेमा अनावश्यक टीकाटिप्पणी गर्ने वातावरण बनाएर खनालको परिवारलाई दुःखी नबनाउन पनि आग्रह गरेका छन्।
पूर्व-प्रधानमन्त्री खनाल केही सातादेखि मिर्गौलालगायत समस्याले गर्दा दिल्लीमा उपचाररत छन्।
Comments
अरु समाचार
-
रविलाई पक्राउ गर्ने चर्चासँगै पार्टी कार्यालयमा सरगर्मी बढ्यो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्ने चर्चासँगै वनस्थलीस्थित पार्टी कार्यालयमा सरगर्मी बढेको छ । सभापति लामिछाने...
-
दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा रु ९४ अर्ब ५२ करोड सरकारी ऋण थपिएको छ ।...
-
नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार
काठमाडौं । साताको पहिलो दिन अर्थात कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ ।...
-
मुस्ताङको सुन्दरतामा पर्यटक आकर्षित,उपल्लो मुस्ताङलाई अर्धनिषेधित क्षेत्र कायमै राख्दा पर्यटक आवागमन न्यून
काठमाडौं । ऐतिहासिक र धार्मिक महत्वको मुस्ताङको पृथक भू–बनोट, प्राकृतिक, भौगोलिक, सांस्कृतिक, जैविक विविधताले विश्वभरका पर्यटक आकर्षित हुँदै आएका छन्...
-
बैतडीको शिवलिङ्ग केन्द्रविन्दु भएर भूकम्प
काठामाडौं । बैतडी जिल्लाको शिवलिङ्ग आसपास केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार...
-
इरानको कोइला खानीमा विस्फोट हुँदा ३० को मृत्यु, २० जनाभन्दा बढीको अवस्था अज्ञात
काठमाडौं । पूर्वी इरानको एक कोइला खानीमा ग्यास चुहिएर भएको विस्फोटमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ भने २०...
-
मध्यभोटेकोशीले एक महिनाभित्र बिजुली उत्पादन गर्दै
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन एक सय दुई मेगावाट क्षमताको मध्यभोटेकोशी...
-
विश्व पर्यटन दिवसमा बन्दीपुरमा सडक खाना महोत्सव हुने
काठमाडौं । विश्व पर्यटन दिवसका अवसरमा तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सडक खाना महोत्सव हुने भएको छ । पर्यटन दिवसका अवसरमा...
-
झापामा सवारीसाधन कारबाहीबाट ६६ लाख बढी राजस्व सङ्कलन
काठमाडौं । जिल्ला ट्राफिक कार्यालयाले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा रु ६६ लाख १५ हजार राजस्व सङ्कलन गरेको छ...