ताजा समाचार

आममाफी दिने ओलीको घोषणा,’अब विवाद छाडौं, पार्टी एकताको कुरा गरौँ’

काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाटो बिराएका नेताहरुलाई आममाफी दिने घोषणा गरेका छन् ।

ललितपुरको च्यासलमा जारी केन्द्रीय कमिटी बैठकलाई बिहीबार सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठलाई पनि सम्झिँदै उनले एमालेको विवादले आन्दोलन कमजोर भएको भन्दै मिलेर अघि बढ्ने प्रस्ताव माधव पक्षसँग राखेका हुन्। ‘हामी को कहाँ छौँ, त्यो कुरा छाडिदिऊँ देश र जनताको कुरा गरौँ’, उनले अगाडि भने, ‘अब विवाद छाडौं, पार्टी एकताको कुरा गरौँ।’

ओलीले नेपाल समूहलाई इंगित गर्दै अब बाटो बिराएर, भड्किएर नहिँड्न पनि आग्रह गरे। ‘बाटो बिराएका, भड्किएका साथीहरुलाई पनि आग्रह गर्छु। यस पार्टी र आन्दोलनको एकताका लागि आउनुस् सबैले मिलेर काम गरौँ’, उनले भने, ‘आममाफी भयो, एमालेलाई एक बनाएर जाऊँ। कम्युनिष्ट आन्दोलनले, नेकपा एमालेले धेरै ठूलो क्षति व्यहोरेको छ। अब यसलाई रोकेर अघि बढौँ।’

उनले आफूलाई तत्कालीन नेकपा रहँदा गत वर्ष साधारण सदस्यबाटै निकालेको पनि स्मरण गरे। ‘गत वर्ष मलाई साधारण सदस्यबाट पनि निकाले, २०२९ सालमा पनि निकाललेका थिए’, उनले भने, ‘अब त्यो बाटोमा नजाऊँ, हामी सबै एकसाथ अघि बढौँ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org