ताजा समाचार

राप्रपा अध्यक्ष थापा र नेकपा महासचिव विप्लवबीच भेटवार्ता

काठमाडाैँ । राप्रपा अध्यक्ष कमल थापा र नेकपा महासचिव नेत्रविक्रम चन्‍द विप्लवबीच भेटवार्ता भएको छ ।

राप्रपा अध्यक्ष थापालाई भेट्न शुक्रबार बिहान विप्लव उनकै निवास बूढानिलकण्‍ठ पुगेका थिए । अध्यक्ष थापाले दुवै पक्षबीच समसामयिक विषयमा कुराकानी भएको बताए । उनले विप्लवसँग भएको तीन बुँदे सहमित कार्यान्‍वयन हुनुपर्ने राप्रपाको धारणा रहेको बताए ।

राप्रपा अध्यक्ष थापासँग भेटमा राजनीतिक विषयमा कुराकानी भएको विप्लवका सहयोगी नारायण चन्दले जानकारी दिए । उनकाअनुसार सबै दलका नेताहरूसँग भेटघाट गर्ने कार्यक्रमअन्तरगत थापासँग भेट भएको हो । विप्लवले पछिल्लो समय सबै दलका नेताहरूसँग भेटघाट गरिरहेका छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org