ताजा समाचार

युथ फोर्सको भ्याली कमाण्ड घोषणा, घोषणासभामा ओली अनुपस्थित

नेकपा एमाले निकट युथ फोर्सको भ्याली कमाण्ड घोषणा भएको छ शनिबार राजधानीमा आयोजित एक कार्यक्रममार्फत  युथ फोर्सको भ्याली कमाण्ड घोषणा भएको हो । एमाले महासचिव ईश्वर पोखरेलले सो संगठनको भ्याली कमाण्ड घोषणा गरेका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओली कार्यक्रममा उपस्थित हुने भनिए पनि उनको सट्टामा महासचिव पोखरेल कार्यक्रममा उपस्थित भएका हुन् ।

भ्याली कमाण्ड घोषणा हुनुअघि युथ फोर्सले उपत्यकाका विभिन्न स्थानबाट जुलुसहित प्रदर्शन गरेका थिए । जुलुस माइतीघरमा पुगेर सभामा परिणत भएको थियो । जुलुसको नेतृत्व नेता महेश बस्नेत लगायतले गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org