ताजा समाचार

“जनताले प्रतिपक्षमा राखेको कांग्रेसलाई सत्ता सुम्पने ठूला नेताको कुरा नै ठूला?”

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं एमाले नेता शंकर पोखरेलले नेपाली कांग्रेसलाई सत्ता सुम्पिने कम्युनिष्ट नेताहरुले ठूला कुरा गरेको भन्दै आक्रोश पोखेका छन्।

पोखरेलले नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई लक्षित गर्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘चुनावी घोषणापत्र र जनताका बीच गरिएको बाचाकबोल बिर्सिएर जनताले प्रतिपक्षमा राखेको नेकालाई सत्ता सुम्पने ठूला नेताको कुरा नै ठूला?’

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली सर्वोच्चको फैसलापछि मानसिक रुपमा विक्षिप्त भएको प्रतिक्रिया दिएका थिए। त्यस्तै‚ एमाले वरिष्ठ नेता नेपालले ओलीले महाराजाधिराज बनेर आफूलाई माफी दिएको भन्दै व्यंग्य गरेका थिए।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org