महन्थ ठाकुर पक्षको मुद्दाको सुनुवाइ न्यायाधीश कुमार रेग्मीको इजलासमा
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले सर्वोच्च अदालतमा दायर गरेको मुद्दाको पेशी न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा तोकिएको छ।
केन्द्रीय कार्यकारिणी सदस्य गनेर आधिकारिकता दिने निर्वाचन आयोगको कदम रोक्न माग गर्दै ठाकुर पक्ष सर्वोच्च अदालत गएको हो। त्यो रोक्नलाई अदालतले परमादेश जारी गर्नुपर्ने ठाकुर पक्षको माग छ।
आयोगमा सोमबार हुने टाउको गनेर आधिकारिकता दिने कदम रोक्न माग गर्दै रिट दायर भएको हो। अल्पमतमा रहेको ठाकुरको तर्फबाट प्रदीप पाठकले दायर गरेको रिटमा कार्यकारिणी समितिमा गरेको हेरफेरलाई अद्यावधिक नगरी विवाद निरुपण प्रक्रिया अघि बढाउँदा पार्टी केन्द्रीय नेतृत्वको प्रयोजन नै समाप्त हुने रिटमा दाबी गरिएको छ।
आधिकारिकता विवाद टुंगो लगाउन इजलास गठन गरेर सुनुवाइ गरेको आयोगले २०७७ असार १२ गते दर्ता भएको कार्यकारिणी समितिका सदस्यलाई सनाखतका लागि साउन ११ गते बोलाउने निर्णय गरेको थियो।
साउन ११ गते टाउको गनेर (हेडकाउन्ट) गर्दा जसपामा कायम समीकरणमा कुनै हेरफेर नभए उपेन्द्र यादव पक्षले आधिकारिकता पाउनेछ। पार्टीको आधिकारिकता विवाद निरूपण गर्न राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अन्तर्गत सुनुवाइ भएको थियो।
आयोगले सुनुवाइका लागि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा ५ सदस्यीय इजलास गठन गरेको थियो। यसअघि दुवै पक्षलाई मेलमिलापका लागि बोलाए पनि उनीहरू सहमत नभएपछि आयोगले इजलासबाट निरूपण प्रकृया अघि बढाएको थियो।
तत्कालिन प्रधानमन्त्री केपी शर्मा नेतृत्वको सरकारलाई लिएर पार्टीको विवाद उत्कर्षमा पुगेपछि जसपाका अध्यक्ष यादव समूहले पार्टीमा आधिकारिकता दाबी गरेको थियो। उसले आफूसँग बहुमत सदस्य रहेको दाबी गर्दै आएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बेलामा ठाकुर समूह एक्लिँदै गएपछि अन्तिम समयमा पक्षमा मत दिने निर्णयमा पुगेको थियो।
Comments
अरु समाचार
-
रविलाई पक्राउ गर्ने चर्चासँगै पार्टी कार्यालयमा सरगर्मी बढ्यो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्ने चर्चासँगै वनस्थलीस्थित पार्टी कार्यालयमा सरगर्मी बढेको छ । सभापति लामिछाने...
-
दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा रु ९४ अर्ब ५२ करोड सरकारी ऋण थपिएको छ ।...
-
नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार
काठमाडौं । साताको पहिलो दिन अर्थात कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ ।...
-
मुस्ताङको सुन्दरतामा पर्यटक आकर्षित,उपल्लो मुस्ताङलाई अर्धनिषेधित क्षेत्र कायमै राख्दा पर्यटक आवागमन न्यून
काठमाडौं । ऐतिहासिक र धार्मिक महत्वको मुस्ताङको पृथक भू–बनोट, प्राकृतिक, भौगोलिक, सांस्कृतिक, जैविक विविधताले विश्वभरका पर्यटक आकर्षित हुँदै आएका छन्...
-
बैतडीको शिवलिङ्ग केन्द्रविन्दु भएर भूकम्प
काठामाडौं । बैतडी जिल्लाको शिवलिङ्ग आसपास केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार...
-
इरानको कोइला खानीमा विस्फोट हुँदा ३० को मृत्यु, २० जनाभन्दा बढीको अवस्था अज्ञात
काठमाडौं । पूर्वी इरानको एक कोइला खानीमा ग्यास चुहिएर भएको विस्फोटमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ भने २०...
-
मध्यभोटेकोशीले एक महिनाभित्र बिजुली उत्पादन गर्दै
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन एक सय दुई मेगावाट क्षमताको मध्यभोटेकोशी...
-
विश्व पर्यटन दिवसमा बन्दीपुरमा सडक खाना महोत्सव हुने
काठमाडौं । विश्व पर्यटन दिवसका अवसरमा तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सडक खाना महोत्सव हुने भएको छ । पर्यटन दिवसका अवसरमा...
-
झापामा सवारीसाधन कारबाहीबाट ६६ लाख बढी राजस्व सङ्कलन
काठमाडौं । जिल्ला ट्राफिक कार्यालयाले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा रु ६६ लाख १५ हजार राजस्व सङ्कलन गरेको छ...