ताजा समाचार

ठाकुर पक्षले ‘हेड काउन्ट’ रोक्न माग गर्दै दिएको निवेदन आयोगद्वारा अस्विकार

काठमाडाैँ ।  जसपाको महन्थ ठाकुर पक्षले हेड काउन्ट रोक्न माग गर्दै दिएको निवेदन निर्वाचन आयोगले अस्वीकृत गरेको छ ।

सोमबार बिहान ठाकुर पक्षले हेड काउन्ट रोक्न माग गर्दै आयोगमा निवेदन दिएपछि आयोगले इजलासबाट भएको निर्णय भएकाले निवेदन स्वीकार गर्न नसकिने जवाफ पाएको ठाकुर पक्षीय एक नेताले जानकारी दिए ।

यसअघि सोमबार बिहान बसेको ठाकुर पक्षको बैठकले आयोगमा निवेदन दिने निर्णय गरेको थियो । अहिले आयोगमा हेडकाउन्ट गर्ने क्रम जारी रहेको छ भने ठाकुर पक्षका मनिष सुमनलगायत पनि यादव पक्षतिर लागेका छन् । आयोगमा उपेन्द्र यादव पक्षका कार्यकारिणी समितिका सदस्यको बहुमत देखिएपछि ठाकुर पक्षले आधिकारिता गुमाउने देखिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org