ताजा समाचार

मनिष सुमनले महन्थको साथ छोडे, उपेन्द्र यादवको पक्षमा हस्ताक्षर

काठमाडाैँ । जनता समाजवादी पार्टी (जसपा) का नेता मनिष सुमनले संस्थापन पक्षको आधिकारिकताका लागि सनाखत गरेको बताएका छन्।

‘पार्टीलाई जोगाउन मुलधारको पक्षमा म उभिएको छु’, सुमनले भने, ‘आजको दिन हामीलाई पीडादायी छ। पार्टीलाई जोगाउन यहाँ उभिएको छु।’ महन्थ ठाकुर पक्षको बैठकमा आफूले पार्टीलाई जोगाउन एक ठाउँमा उभिन आग्रह गरेको तर त्यो मान्ने अवस्था नआएपछि मुलधारको पक्षमा उभिएको उनको भनाई छ।

‘महन्थ ठाकुर जीलाई एकता जोगाउन एक ठाउँ उभियौं भनेर आग्रह गरे। तर उहाँहरु मान्नु भएन’, उनले भने, ‘आज विहान पनि राजेन्द्र महतोलाई टेलिफोनमा यही आग्रह गरेँ। सम्भव नभएपछि एकताको पक्षमा उभिएको हुँ।’

जसपाको आधिकारिकता विवाद टुंग्याउन निर्वाचन आयोगले आज सनाखत गरिरहेको छ। सुमन महन्थ पक्षमा प्रभावशाली नेता थिए।
मधेशमा एकीकृत पार्टी आवश्यक रहेको र त्यसको प्रयासमा आफू रहेको उनले बताए।

निर्वाचन आयोगले जसपा एकता बखतकै केन्द्रीय कार्यकारिणी समितिलाई मान्यता दिँदै सनाखतका लागि ५१ सदस्यलाई शशरिर आयोगमा आज बोलाएको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org