ताजा समाचार

बलात्कार मुद्दामा महराले पाए उच्च अदालतबाट पनि सफाइ

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालतबाट पनि सफाइ पाएका छन् ।

जवर्जस्ती करणी उद्योग मुद्दामा अदालतले सफाइ दिएको हो ।

उच्च अदालतले उनीविरुद्धको मुद्दाको सुनुवाइ गर्दै मंगलबार काठमाडौं जिल्ला अदालतले गरेको फैसलालाई नै सदर गरेको हो ।

उच्च अदालत पाटनका न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले महरा विरुद्धको मुद्दामा काठमाडौं जिल्ला अदालतको फैसला सदर गर्ने फैसला गरेको हो ।

महराको मुद्दाको सुनुवाइ गर्दै उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतको फैसला सदर गरेको अदालतकी प्रवक्ता अमृता शर्माले जानकारी दिइन् ।

सभामुख रहेका बेला संसद् सचिवालयमा काम गर्ने कर्मचारीलाई जबर्जस्ती करणी उद्योग गरेको भन्दै महराविरुद्ध मुद्दा दायर भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org