ताजा समाचार

बालुवाटार बैठक : गठबन्धन छाड्ने चित्रबहादुर केसीको चेतावनी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्तारुढ गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई एमसीसीको पछि नलाग्न सुझाव दिएका छन् ।

मंगलवार साँझ अमेरीकी सहायक विदेशमन्त्रीसँगको टेलिफोन वार्तामा एमसीसी पारित गर्ने विषयमा छलफल भएको विज्ञप्ति सार्वजनिक भएको थियो । आज बसेको गठबन्धनको बैठकमा सरकार एमसीसी कसरी पास गर्ने भन्ने ध्याउन्नमा लागेको भन्दै आपत्ति जनाएका हुन् ।

बैठकपछि  कुरा गर्दै केसीले आफूहरुले अग्रगमनका लागि गठबन्धनलाई साथ दिए पनि सरकार बन्नासाथ उसको प्राथमिकता कोभिडविरुद्ध नभइ एमसीसी र संघीयता बलियो बनाउनेतर्फ देखिएको बताए ।

केसीले भने, ‘साथीहरू त सुध्रेलान भनेको फेरि उस्तै । एमसीसी कसरी पास गर्ने ?संघीयता कसरी जोगाउने यस्ता कुरामात्र आउन थाले । यसरी त सरकारलाई कसरी विश्वास गर्ने ? अहिले हाम्रो प्राथमिकता के हो ? मैले यही कुरा राखेको हुँ ।’

केसीले बैठकमा पनि सरकार एमसीसी पारित गर्न अग्रसर हुने हो भने आफूहरु गठबन्धनबाट बाहिरिने चेतावनी दिएका छन् । बैठकमा राजमो अध्यक्ष केसी र उपाध्यक्ष दुर्गा पौडेल सहभागी थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org