ताजा समाचार

प्रधानमन्त्री देउवा र प्रचण्डबीच बालुवाटारमा छलफल

काठमाडाैँ । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भएको छ।

बिहीबार बिहान प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच छलफल भएको हो। स्रोतकाअनुसार ९:३० मा भेटवार्ता सकिएको छ। प्रधानमन्त्री देउवा र प्रचण्ड बालुवाटारबाट बाहिरिएका छन्।

आजै गठबन्धन बैठक गर्ने भने पनि प्रधानमन्त्री देउवा र प्रचण्डबीच मात्रै छलफल भएको हो।

मन्त्रिपरिषदलाई छिट्टै पूर्णता दिने र गठबन्धनबाट सरकारका साझा कार्यक्रम ल्याउनेलगायत विषयमा उनीहरूबीच कुराकानी भएको स्रोतको भनाइ छ।

बुधबार बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकले छिट्टै मन्त्रिपरिषदलाई पूर्णता दिने समझदारी गरेका थिए।

प्रधानमन्त्री देउवा सिंहदरबार जाँदै छन्। अहिले केहीबेरमा राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष र सदस्यहरूको सपथको कार्यक्रम छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org