ताजा समाचार

ऊर्जा मन्त्री भुसाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडाैँ । चिनियाँ राजदूत होउ यान्छीले ऊर्जा मन्त्री पम्फा भुसालसँग भेटवार्ता गरेकी छन्।

आज सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा उनीहरूबीच भेटवार्ता भएको हो।

भेटवार्ताका क्रममा दुई देशका बीच आपसी सम्बन्ध र विविध चासोका विषयमा छलफल भएको ऊर्जा मन्त्रीको सचिवालयले जानकारी दिएको छ।

वर्षौंदेखि जनस्तर र सरकारबीच रहिआएको गहिरो सम्बन्ध आगामी दिनमा अझै प्रगाढ हुँदै जाने विश्वास आफूले लिएको ऊर्जा मन्त्री भुसालले बताएकी छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org