ताजा समाचार

उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिने निर्णयविरुद्ध महन्थ ठाकुर सर्वोच्चमा

काठमाडाैँ । उपेन्द्र यादव समूहलाई जनता समाजवादी पार्टी आधिकारिता दिने निर्वाचन आयोगको निर्णयविरूद्ध महन्थ ठाकुरले सर्वोच्च अदालतमा रिट दिएका छन्।

राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी मिलेर बनेको जनता समाजवादी पार्टीमा ठाकुर केन्द्रीय कार्यकारिणी समितिको प्रथम वरीयताको अध्यक्ष थिए।

‍ठाकुरको तर्फबाट वारेस प्रदीपकुमार पाठकले सर्वोच्च अदालतमा रिट दिएका हुन्।

‘निर्वाचन आयोगको साउन ११ गतेको निर्णय कार्यान्वयन हुँदा पार्टी विभाजन भई यस पार्टीको केन्द्रीय नेतृत्वको प्रयोजन नै समाप्त हुन जाने सम्भावना रहेकोले मसमेत सम्पूर्ण सरोकारवालालाई अपुरणीय क्षति पुग्ने भएकाले सुविधा सन्तुलनको दृष्टिबाट समेत यो रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्नु नागाउनु भनी अन्तरिम आदेश जारी गरी पाउँ,’ ठाकुरको रिटमा उल्लेख छ।

यसअघि निर्वाचन आयोगले गत सोमबार हेड काउन्ट गरेर पार्टीको कार्यकारिणी समितिमा बहुमत भएपछि यादव समूहलाई आधिकारिकता दिएको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org