एमाले स्कुल विभाग प्रमुखमा केपी ओली
काठमाडौँ । विधान अधिवेशनको तयारीमा जुटेको नेकपा एमालेले पार्टीका ९ वटा विभागहरु गठन गरेको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा सोमबार बसेको पार्टी स्थायी समिति बैठकले पार्टीका विभिन्न ९ वटा विभागहरु गठन गरेको हो ।
पछि पनि सदस्यहरु थप गर्न मिल्ने गरी गठन गरिएको विभागहरुमध्ये स्कुल विभाग प्रमुखको जिम्मेवारी अध्यक्ष केपी शर्मा ओली आफैंले राखेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । संगठन विभाग प्रमुखमा विष्णुप्रसाद पौडेल, संसदीय विभाग प्रमुखमा सुवास नेम्वाङ, प्रचार विभाग प्रमुखमा प्रदीप ज्ञवाली, विदेश विभाग प्रमुखका डा. राजन भट्टराई, निर्वाचन विभाग प्रमुखमा अग्नी खरेललाई मनोनित गरिएको छ ।
प्रवक्ता ज्ञवालीले पर्यटन प्रवर्द्धन विभाग प्रमुखमा भानुभक्त ढकाल, आर्थिक विभाग प्रमुखमा विष्णु रिमाल, स्थानीय तह विभाग प्रमुखमा देवेन्द्र दाहाललाई मनोनित गरिएको बताए । विभागलाई पूर्णता दिन सदस्यहरुको मनोनित गर्ने काम भने बाँकी रहेको एमालेले जनाएको छ ।
एमालेले आगामी साउन २४ गते केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टीको आगामी भदौ २७ र २८ गते आयोजना हुने विधान अधिवेशनामा प्रस्तुत हुने प्रस्तावबारे छलफल गर्न केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरिएको प्रवक्ता ज्ञवालीले जानकारी दिए । त्यसको २ दिनअघि साउन २२ गते पार्टीलाई कसरी अघि बढाउने भन्ने विषयमा केन्द्रित रहेर अनौपचारिक छलफल गर्ने पनि निर्णय पनि एमालेले गरेको छ ।
एमालेले पार्टीको नीति निर्माणका लागि विधान अधिवेशन बोलाउन लागिएको पनि स्पष्ट पारेको छ । प्रवक्ता ज्ञवालीका अनुसार त्यसपछि आयोजना हुने राष्ट्रिय अधिवेशनले पार्टीको नेतृत्व चयन गर्नेछ । एमालेले पार्टीको राष्ट्रिय महाधिवेशनको तयारीका लागि आगामी असोज ३ गते वडा अधिवेशन र असोज ९ गते पालिका स्तरीय अधिवेशन गर्ने निर्णय पनि यस अघि नै गरिसकेको छ ।
Comments
अरु समाचार
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
प्रधानमन्त्री ओली र मोदीबीच आज भेट वार्ता हुँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न राष्ट्रका...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...
-
विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
‘‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’’: मन्त्री गुरुङ
काठमाडौं । संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन । विश्वका अन्य देशमा नयाँ संविधान बनिसकेपछिको अभ्याससँग तुलना...