ताजा समाचार

सत्तारुढ गठबन्धन कार्यदलको बैठक बस्दै, न्यूनतम साझा कार्यक्रमको टुङ्गो लगाउने

काठमाडाैँ । सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन सत्तारुढ गठबन्धन कार्यदलको बैठक आज (बुधवार) बस्दै छ ।

आजको बैठकले सरकारका न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिएर शीर्ष नेतालाई प्रतिवेदन बुझाउने कार्यदलका सदस्य–सचिव केशवराज जोशीले बताए ।

यसअघि मंगलवार कार्यदलको बैठक बसेको थियो । सो बैठकले तय गरेको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिन बुधवार पुन: बैठक बस्ने निर्णय गरेको थियो ।

पाँच दलीय गठबन्धनद्वारा सरकार सञ्चालनमा सघाउन नेपाली काङ्ग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा सोही दलका नेताद्वय मीनेन्द्र रिजाल र रमेश लेखक, नेकपा (माओवादी केन्द्र)बाट वर्षमान पुन र देव गुरुङ, जनता समाजवादी पार्टीबाट महेन्द्रराय यादव र राजेन्द्र श्रेष्ठ रहेको कार्यदल न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिन क्रियाशील छ ।

साझा कार्यक्रमसहित कार्यदलको प्रतिवेदन प्राप्त भएपछि गठबन्धनका शीर्ष नेतृत्वले भावी रणनीति निर्धारण गर्दै  मन्त्रिपरिषदलाई पूर्णता दिइने बताइएको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org