ताजा समाचार

काठमाडौं उपत्यकामा थपिए १,२७९ कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार १२७९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं ९०८, भक्तपुरमा २०६ र ललितपुरमा १६५ गरी १२७९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप ४१०७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ भने ३५ जनाको मृत्‍यु भएको छ ।

यस्तै १,५३५ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणमुक्तको संख्या ६ लाख ६१ हजार ६५१ पुगेको छ ।

यस्तै कोरोना संक्रमितको कुल संख्या ७ लाख ५ हजार ७२ जना पुगेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org