ताजा समाचार

चन्द्रागिरि हिल्स रिसोर्टले पायो `लक्जरि रिसोर्ट´ को मान्यता

काठमाडौं । चन्द्रागिरि हिल्स सिसार्टले `लक्जरी सिसोर्ट´ को मान्यता पाएको छ ।
पर्यटन विभागले विभागमा दर्ता भएका रिर्सोट तथा तारास्तरका होटेलहरुको विवरण सार्वजनिक गर्दै विभागले थानकोनको चन्द्रागिरि हिल्स र गोकर्णस्थित गोकर्ण फरेष्ट रिसोर्टले ‘लक्जरी रिसोर्ट’को मान्यता दिएको हो ।                                            चन्द्रागिरि हिल्स रिसोर्टका महाप्रवन्धक अभिशेक विक्रम शाहाले भने: पर्यटन विभागले तोकेका मापदण्ड पुरा गरी अन्तरास्ट्रिय स्तर सेवा सुविधा प्रदान गर्ने पहिलो पाँच तारे रिसोर्ट हो चन्द्रागिरि हिल्स। यसका साथै हामिले विभिन्न स्तरका अवार्डले सम्मानित भएका छाै ।
त्यस्तै बनेपास्थित आगन्तुक रिसोर्टले भने ‘डिलक्स’ स्तरको मान्यता पाएको छ
यी तीन बाहेक देशभरका अन्य रिसोर्टको स्तर भने ‘साधारण’ हुने छ ।
विभागका अनुसार ‘साधारण’ स्तरमा रहेका रिसोर्टको संख्या भने ९९ वटा रहेको छ । यो स्तरमा पर्यटक स्तरका अधिकांश रिसोर्टहरु समेटिएका छन् । काठमाडौं, नगरकोट, धुलिखेल, पोखरा र सौराहाका स्तरीय रिसोर्टहरु यो सूचिमा अटाएका छन् ।
विभागले एक तारेदेखि पाँचतारे डिलक्ससम्मका होटेलहरुको वर्गीकरणको मापदण्डका आधारमा रिसोर्ट तथा होटेलहरुको वर्गिकरण गरेको हो ।
विभागका अनुसार नेपालमा पाँचतारे होटेलको संख्या १६,चार तारे होटेलको संख्या १९ , तीन तारे होटेलको संख्या ३३ र दुई तारे होटेलको संख्या भने ४१ पुगेको छ ।
त्यस्तै विभागले मौलिक शैलीमा निर्माण भएका स्तरीय होटेलहरुलाई भने हेरिटेज बुटिक होटेलका रुपमा वर्गिकरण गर्न थालेको छ । यस वर्गिकरणको लक्जरी स्तरमा तीन वटा होटेल सूचीकृत बनेका छन् ।
बत्तिसपुतलीस्थित द्धारिकाज काठमाडौं भिलेज होटेल, बबरमहलमा खुलेको बसेरा बुटिक होटेल र बुढानिलकण्ठमा खुलेको पवेरा बुटिक होटेललाई लक्जरी हेरिटेज बुटिक होटेलमा वर्गीकरण गरिएको विभागको सूचीमा उल्लेख छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org