ताजा समाचार

सत्तारुढ गठबन्धन कार्यदलको बैठक जारी, आजै प्रतिवेदन बुझाउने तयारी

काठमाडौं । सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम, सरकार सञ्चालन कार्यविधि, सरकार सञ्चालन आचार संहिता बनाउने जिम्मेवारी पाएको सत्तारुढ गठबन्धन कार्यदलको बैठक बसिरहेको छ ।

बालुवाटारमा जारी बैठकले आज प्रतिवेदनलाई अन्तिम रुप दिने तयारी बताइएको छ ।

“न्यूनतम साझा कार्यक्रम, सरकार सञ्चालन कार्यविधि, सरकार सञ्चालन आचार संहितालाई अन्तिम रुप दिन बैठक बसिरहेका छौं । हामी अन्तिम चरणमा पुगिसकेका छौं,” कार्यदल सदस्य राजेन्द्र श्रेष्ठ भन्छन्, “सबै विषयलाई अन्तिम रुप दिएर आजै प्रतिवेदन बुझाउने हाम्रो तयारी छ ।”

मंगलबार साँझ बालुवाटरमा बसेको शीर्ष नेताहरूको बैठकले बुधबार नै प्रतिवेदन बुझाइसक्न कार्यदललाई निर्देशन दिएको थियो ।

कार्यदलले प्रतिवेदन तयार पारेर बुझाउन नसक्दा मन्त्रिपरिषद् विस्तार रोकिएको छ । कार्यदलले प्रतिवेदन बुझाएपछि मन्त्रिपरिषद् विस्तारको काम अघि बढ्ने सत्तारुढ दलका नेताहरुले बताएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org