ताजा समाचार

माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बस्दै, सहभागी नहुन नेताहरुलाई ओली पक्षको निर्देशन

काठमाडाैँ । एमाले बरिष्ठ नेता माधवकुमार नेपाल पक्षले बिहीबारका लागि केन्द्रीय कमिटीको बैठक राखेको छ ।  आजको बैठकबाट नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीसँग मिल्ने कि नयाँ पार्टी गठन गर्ने भन्नेबारे निर्णय लिने अपेक्षा गरिएको छ ।

यस्तै सरकारमा सहभागिताको विषयमा पनि ठोस निर्णय हुने बुझिएको छ । माधव नेपाल पक्ष सरकारमा सहभागि हुन सक्ने भन्दै सत्ता गठबन्धनले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ गरिरहेको बेला यो बैठकले गर्ने निर्णयलाई चासोका साथ हेरिएको छ ।

यता संस्थापन पक्षले भने नेपाल पक्षले बोलाएको बैठकमा सहभागि नहुन संस्थापन पक्षले नेता कार्यकर्तालाई निर्देशन दिएको छ । एमाले पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बुधवार साझ एक विज्ञप्ति प्रकाशित गरी माधव नेपाल पक्षको बैठकलाई अनधिकृत भनेका हुन् ।

‘पटक पटक एमालेको नामबाट अनधिकृत गतिविधि गर्ने र सो गतिविधिमा सरिक हुने विषय संविधान, प्रचलित कानून र पार्टी विधान विपरित हुने भएकोले सो गतिविधिमा नलाग्न कार्यकर्ताहरूमा अपिल गर्दछ’ तामाङले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यसअघि गत चैत्र ४ र ५ गतेका लागि आयोजना गरिएको कार्यकर्ता भेलाको पूर्वसन्ध्यामा पनि रोक्न आग्रह गर्दै वक्तव्य जारी गरिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org