माधव नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै, त्यसपछि केन्द्रीय कमिटी
काठमाडाैँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले स्थायी कमिटी बैठक बोलाएको छ।
आज वुद्धनगरस्थित क्वालिटी पार्टी प्यालेसमा स्थायी कमिटी बैठक बस्न लागेको हो।
स्थायी कमिटी बैठक बसेपछि आजै केन्द्रीय कमिटी बैठक बस्ने नेता रामकुमारी झाँक्रीले जानकारी दिइन्।
पछिल्लो राजनीतिक अवस्था र आगामी रणनीति तय गर्न नेपाल पक्षको स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक राखेको हो।
प्रधानमन्त्री शेरबहादुर देउवालाई साउन ३ मा वरिष्ठ नेता नेपालसहित एमालेका २२ सांसदले विश्वासको मत दिएका थिए। पछिल्लो समय एमालेको आन्तरिक एकताका प्रयास भइरहेका बेला नेपालले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाएका छन्।
नेपाल पक्ष देउवा नेतृत्वको सरकारमा सहभागी हुने वा नहुने भन्ने निर्णयमा पुगिसकेको छैन। यसबारे आज पनि छलफल हुने जनाइएको छ।
यसैबीच वरिष्ठ नेता नेपालले केन्द्रीय समिति बैठक बोलाएपछि अध्यक्ष केपी शर्मा ओली पक्षले भने उक्त बैठकमा सहभागी नहुन भनेका छन्।
पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले विज्ञप्ति निकालेर एमाले केन्द्रीय कमिटी बैठक नभएकोले सहभागी नहुन नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।
Comments
अरु समाचार
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
प्रधानमन्त्री ओली र मोदीबीच आज भेट वार्ता हुँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न राष्ट्रका...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...
-
विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
‘‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’’: मन्त्री गुरुङ
काठमाडौं । संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन । विश्वका अन्य देशमा नयाँ संविधान बनिसकेपछिको अभ्याससँग तुलना...