ताजा समाचार

विमला वलीको आरोप- जबरजस्ती मुख्यमन्त्री निवास पुर्‍याएर एमाले बन्न दबाब दिए

काठमाडाैँ । लुम्बिनी प्रदेशसभा सांसद विमल वली खत्रीले आफूलाई जबरजस्ती मुख्यमन्त्री शंकर पोखरेलको निवासमा पुर्‍याइएको बताएकी छिन् ।

बिहीबार पत्रकार सम्मेलन गरी उनले नेपालगञ्ज जाने भनेर गाडी चढेको तर आफूलाई बुटवलस्थित मुख्यमन्त्री पोखरेलको निवासमा पुर्‍याइएको बताएकी हुन् । एमालेका प्रमुख सचेतक भूमिश्वर ढकाल र नेता मानबहादुर रावतले तुलसीपुरस्थित घरबाट गाडी चडाएर बुटवल पुर्‍याएको उनको भनाइ छ ।

मुख्यमन्त्रीनिवासमा पुर्‍याएर आफूलाई एमालेमा फर्किन दबाब दिएको उनले बताएकी छिन् ।

‘म बिरामी छु उपचारका लागि नेपालगञ्ज जानुछ भन्दा उहाँहरूले आफूहरू पनि नेपालगञ्ज जाने हो, सँगै जाऔँ पुर्‍याइदिन्छौँ भन्नुभयो । जिम्मेवार नेताले भनेपछि विश्वास गरेर गाडीमा बसेँ । गाडी नेपालगञ्ज जानुपर्नेमा एक्कासी अमेलियातिर मोडियो । मैले प्रतिवाद गरेँ,’ वलीले भनिन्, ‘एक पटक मुख्यमन्त्रीज्युलाई भेट्नु  पर्‍यो भनेर गाडी नरोकी बुटवल मुख्यमन्त्रीनिवासमा पुर्‍याइयो ।’

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org