ताजा समाचार

बालुवाटारमा कार्यदलले बुझायो तीनवटा ‘डकुमेन्ट’

काठमाडाैँ । सत्तारुढ गठबन्धनको सात सदस्यीय कार्यदलले शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा तीनवटा दस्तावेज बुझाएको छ ।

कार्यदलले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड लगायतका शीर्ष नेताहरुलाई सरकार सञ्चालनसम्बन्धी कार्यविधि, न्यूनतम साझा कार्यक्रम र मन्त्रीहरुको आचार संहिताको मस्यौदा बुझाएको हो ।

कार्यदलका अध्यक्ष पूर्णबहादुर खड्का नेतृत्वको टोलीले शुक्रबार बालुवाटारमा सरकारको साझा न्यूनतम कार्यक्रम, सरकार सञ्चालनसम्बन्धी कार्यविधि र मन्त्रीहरुको आचार संहिता बुझाएको हो ।

यी दस्तावेजहरूलाई अन्तिम रुप दिई शीर्ष नेताहरुले हस्ताक्षर गरेर सार्वजनिक गरिने बताइएको छ । सरकारको साझा न्यूनत्तम कार्यक्रम बनेसँगै अब मन्त्रिपरिषद विस्तार हुने नेताहरुले बताएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org