ताजा समाचार

प्रेस काउन्सिलमा ब्रम्हलुट !

काठमाडाैँ । प्रेस काउन्सिल नेपाल पत्रकार र आमसंचार माध्यममा आचारसंहिता कार्यान्यन गर्ने र अनुगमन गर्ने निकाय हो ।

आचारसंहिताको उजुरी लिने र त्यसको कार्यान्वयन भए नभएको अनुगमन गर्ने अर्धन्यायिक निकाय यो सदाचार सिकाउने थलो हो । तर,प्रेस काउन्सिल आफै भ्रष्टचार र आर्थिक अनियमितताको अखडा बनेको छ ।

लकडाउनको समय काउन्सिलका पदाधिकारी र कर्मचारीहरुले बैठक भत्ता,परिवहन,डाटा,सञ्चार महसुलको नाममा बाँडिचुँडी बैशाखदेखि असारसम्म तीन महिनामै २४ लाख खाएको खुलेको हो ।

त्यस्तै अदालतमा सेटिङ्ग मिलाउने भनेर सर्वोच्च अदालतका प्रेस बिज्ञ किशोर पौडेल र माओवादी मिलाउने नाममा उजिर मगर (इन्द्रमान बुढा) अनि एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई फकाउने नाममा कोरोना संक्रमण भएर घरमै बसेका गोविन्द चौलागाईंलाई अस्पताल बसेको निहुँ पारी काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले सवा ४ लाख निकासा दिएको खुलेको छ । यसक्रममा यौटै सदस्यले दिनकै ४-५ वटा बैठकमा भाग लिएको देखाएर २ लाख ४८ हजारसम्म गोजीमा हालेको पाइएको छ । काउन्सिलको अनियमितता र कसले कम,कसले बढी खाने भन्ने प्रतिस्पर्धा चल्दा दोलखाको मुढेमा गतहप्ता बसेको बैठकमा सदस्यहरु गोपाल बुढाथोकी,दिपक पाण्डे र दुर्गा भण्डारीवीच झण्डै हात हालाहाल भएको थियो ।

यतिबेला काउन्सिलका कर्मचारीवीच अध्यक्षले जथाभावी गर्दा आफूलाई अख्तियार लाग्ला भनेर भागाभाग चलेको बताइन्छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org