ताजा समाचार

माधव पक्षको स्थायी समिति बैठक सकियो, नेतृत्वले जवाफ दिने

काठमाडाैँ । नेकपा एमाले माधव नेपाल पक्षको स्थायी समिति बैठक सकिएको छ ।

काठमाडौँको बुद्धनगरमा  बसेको बैठक केहीबेर अघि सकिएको हो । बैठकमा केन्द्रीय सदस्यहरुले उठाएका विषयमा छलफल भएको श्रोतको भनाई छ । बैठकमा फेरि बस्ने केन्द्रीय समितिमा केन्द्रीय सदस्यहरुले उठाएका विषयमा नेतृत्वले समष्टीगत रुपमा जवाफ दिने निर्णय भएको जनाइएको छ ।

स्थायी समिति बैठक सकिनुअघि सो समूहको केन्द्रीय समिति बैठक बसेको थियो । बिहीबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा पहिलो दिन २३ र दोस्रो दिन ३२ जना गरी जम्मा ५५ जनाले पार्टी एकताबारे धारणा राखेपछि केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org