ताजा समाचार

राष्ट्रपति भण्डारी र भीम रावलबीच भेटवार्ता

काठमाडाैँ ।  राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका उपाध्यक्ष भीम रावलबीच भेटवार्ता भएको छ।

राष्ट्रपति निवास शितलनिवासमा शनिबार अपरान्ह राष्ट्रपति भण्डारी र रावलबीच भेटवार्ता भएको हो। उनीहरूबीच करिब एक घन्टा कुराकानी भएको थियो।

राष्ट्रपति भण्डारी र नेता रावलबीच भेटवार्ता भएको राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए।

नेता रावल वरिष्ठ नेता माधवकुमार नेपालनिकट मानिन्छन्।

एमालेभित्र अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबीच लामो समयदेखि विभिन्न विषयमा विवाद छ। नेता नेपालका तर्फबाट कार्यदलको नेतृत्व रावलले नै गरेका थिए। १० बुँदे सहमति भए पनि नेता नेपालले उक्त सहमति मानिरहेका छैनन्।

एमालेभित्र देखिएको आन्तरिक विवाद मिलाउन दुबैतर्फका नेताहरूले पहल गरिरहेका बेला राष्ट्रपति र रावलबीच भेटवार्ता भएको छ।

नेपाल पक्षले स्थायी र केन्द्रीय कमिटी बैठक गर्दै सकेसम्म पार्टी एकताकै पक्षमा रहेको बताएको छ भने अध्यक्ष ओली पक्षले सोमबार स्थायी र केन्द्रीय कमिटी बैठक राखेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org