ताजा समाचार

माधव नेपालविनै अघि बढ्यो एमाले, केन्द्रीय समिति बैठक सुरु

काठमाडाैँ । नेकपा एमालेको केन्द्रीय समिति बैठक सुरु भएको छ ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बैठक सुरु भएको हो । बैठकमा माधव नेपाल समूहको भने सहभागिता छैन ।

यसअघि आजै बसेको स्थायी कमिटी बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको थियो ।  एमालेले आगामी भदौ २७ र २८ गतेका लागि विधान महाधिवेशन बोलाउने निर्णय गरेसँगै विधान संशोधन प्रस्ताव ल्याएको हो ।

केन्द्रीय समिति बैठकमा विधान संशोधन प्रस्तावसहित अध्यक्ष केपी शर्मा ओली राजनीति प्रतिवेदन र महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रस्तावपनि पेश गर्नेछन् ।   सो प्रतिवेदनबारे केन्द्रीय कमिटी बैठकमा खुला छलफल हुने पार्टी कार्यालय सचिव शेरबहादुर तामाङको भनाइ छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org