ताजा समाचार

मनोज गजुरेलको नयाँ अवतार : देउवा, पुटिन, जोन्सनदेखी कृष्णगोपालसम्म

काठमाडौं । यसवर्षको गाइजात्रा भर्चुअल माध्यममार्फत आयोजना गरिने भएको छ ।

कोरोनाभाइरस महामारीको कारण भदौ १ देखि ७ गतेसम्म एपीवान टिभीबाट गाइजात्रा प्रसारण हुने भएको हो ।

यसअघि प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने गाइजात्रा यसपटक भने भर्चुअलरुपमा हुने भएपछि हाँस्य कलाकारले सोही अनुसार तयारी थालेका छन् । कमेडियन मनोज गजुरेलले आफ्नो गर्ने कमेडी चरित्र र तिनको हुलिया सार्वजनिक गरेका छन् ।

यसपटक गजुरेलले बेलायती प्रधानमन्त्री बोरिस जोन्सन, रुसी राष्ट्रपति भ्दालमिर पुटिन, पूर्वशिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ र प्रधानमन्त्री शेरबहादुर देउवाको चरित्र चित्रण गर्दैछन् ।

उनले जोन्सन र देउवाको भिडिओ कल तथा दुई मुलुकबीचको राजनीतिलाई तुलना गरेर व्यंग्य गर्दैछन् । अर्कोतर्फ धमलाको जमला व्यंग्यमार्फत पुटिन र देउवाको खोप संवाद प्रस्तुत गर्दैछन् । कार्यकालमा चर्चामा आएका पूर्वशिक्षामन्त्री श्रेष्ठबारे पनि उनले व्यंग्य गर्नेछन् ।

यसपटक पहिलो पुस्ताका हाँस्य व्यंग्य कलाकारहरु शैलेन्द्र सिंखडा, चट्याङ मास्टर, राजा राजेन्द्र, हिमेश पन्त लगायतले समेत कमेडी पस्कने भएका छन् । प्यारोडी गीतमार्फत पनि व्यंग्य हुने जनाइएको छ । पशुपति शर्मा, यमन श्रेष्ठ र किरण केसीले व्यंग्य गीत प्रस्तुत गर्नेछन् ।

पछिल्लो पुस्तामा चल्तीका कलाकार रियाशा दाहाल र भटभटे माइलो समेत चित्रित हुने जनाइएको छ । ‘सबै वर्ग र पुस्ताका कलाकारलाई समेटेर हामीले गाइजात्रा प्रस्तुत गर्न लागेका हौं’ कलाकार गजुरेलले भने ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org