ताजा समाचार

गंगटे सरकारको सहयात्री नबन्ने भन्दै रेलवे कम्पनीका महाप्रबन्धकको राजीनामा

काठमाडौं । नेपाल रेलवे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले पदबाट राजीनामा दिएका छन् ।

सरकारले राजनीतिक प्रतिशोध लिन पुर्वाग्रही ढंगले स्पष्टीकरण सोधेको भन्दै उनले स्पष्टीकरणको नाटकमा आफू नफस्ने भन्दै राजीनामा दिएका हुन् ।

भट्टराईले वर्तमान सरकारलाई अराजनीतिक ढंगले स्थापित र जनविरोधि तथा विकासविरोधी भएकाले यो सरकारसँग काम गर्न नसक्ने बताएका छन् ।

विभिन्न अवाञ्छित स्वार्थहरूको गठजोडले बनेको गंगटे सरकारले गर्ने जनविरोधी कामहरूको सहयात्री बन्न नसक्ने भन्दै उनले नैतिक मूल्य र मान्यताका आधारमा राजीनामा दिएको बताएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org