काबुल नजिक तालिबान, रणनीतिक रुपमा महत्वपूर्ण जलालावाद पनि कब्जा
काठमाडाैँ । तालिबान बिद्रोही अफगानिस्तानकाे सम्पूर्ण क्षेत्रमा नियन्त्रण कायम गर्ने मार्गमा अघि बढेको छ।
तालिबान लडाकुले पछिल्लोपटक पूर्व क्षेत्रको महत्वपूर्ण शहर जलालावाद कब्जा गरेका छन्।
तालिबान लडाकुले बिना युद्ध जलालावाद आइतबार बिहान कब्जा गरेको रोयटर्ससहितका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। अब अफगानिस्तान सरकारको नियन्त्रणमा रहेको प्रमुख र महत्वपूर्ण शहर राजधानी काबुल मात्रै हो।
तालिबान लडाकुहरु राजधानी काबुललाई चारैतिरबाट घर्ने क्रममा छन्। उनीहरु काबुलतर्फ अघि बढिरहेका छन्। गएको हप्ता मात्रै अमेरिकी गुप्तचर निकायले कम्तीमा तीन महिनामा काबुल नियन्त्रणमा लिन प्रयास गर्ने उल्लेख गरेको थियो, तर त्यो भन्दा निकै चाँडो तालिबानले आफ्नो पकड क्षेत्र बिस्तार गरेको हो।
जलालावाद अफगानिस्तानका र विशेष गरि राजधानी काबुलका लागि रणनीतिक रुपमा निकै महत्वपूर्ण शहर हो। पाकिस्तानको पेशावर शहरसँग जोड्ने रणनीतिक राजमार्ग जलालावाद हुँदै जान्छ। भूपरिवेष्ठित अफगानिस्तानका लागि सो राजमार्ग अति महत्वपूर्ण छ।
जलालावादका गभर्नरले आत्मसमर्पण गरेकाले बिना युद्ध शहर तालिबानको कब्जामा गएको स्थानीय अधिकारीले समाचार संस्था रोयटर्सलाई बताएका छन्। मानवीय हताहती नहोस् भन्नका लागि आत्मसमर्पण गरिएको बताइएको छ।
यसअघि तालिबान लडाकुले उत्तरी क्षेत्रमा सरकारको नियन्त्रणमा रहेको अन्तिम प्रमुख शहर मजार–ए–शरीफ पनि कब्जा गरेका थिए।
मजार–ए–शरीफलाई परम्परागत रुपमा तालिबान विरोधी शहरका रुपमा लिने गरिन्छ। सो शहर पनि कब्जामा लिनु तालिबानका लागि ठूलो सफलता ठानिएको छ।
अमेरिकी सैनिक फिर्ता हुने क्रम अन्तिम चरणमा पुगेसँगै तालिबानले ग्रामीण इलाका हुँदै शहरी क्षेत्रमा आफ्नो प्रभाव बढाएको छ। अफगान राष्ट्रपति अश्रफ घानी केही दिनअघि मात्रै मजार–ए–शरीफ शहरको भ्रमणमा गएका थिए। उनी सरकारी सुरक्षा बलको मनोबल बढाउनका लागि त्यहाँ गएका थिए।
पछिल्लो हिंसाका कारण साढे दुई लाख भन्दा बढी मानिस बिस्थापित भएका छन्। विस्थापित भएकाहरुमध्ये धेरै राजधानी काबुल तर्फ गएका छन्। तालिबानको नियन्त्रणमा गएको क्षेत्रका महिलाहरुलाई बुर्खा लगाउन बाध्य पारिएको छ। तालिबान लडाकुले आफ्ना नियमहरु नमान्नेहरुलाई कुटपिट गरेको पनि खबर छ।
पश्चिमा देशहरु आफ्ना नागरिक फिर्ता लैजान हतारो गरिरहेका छन्। बाल्ख प्रान्तको राजधानी मजार–ए–शरीफ अफगानिस्तानको चौथो ठूलो शहर हो। सो शहर अधिकांश रुपमा बिना युद्ध तालिबानले कब्जा गरेको स्थानीय अधिकारीहरुले बताएका छन्।
अफगान आर्मीले पहिलो आत्मसमर्पण गरेको र त्यसपछि मात्रै सरकार पक्षधर सुरक्षा बल तथा सैन्य समूहले हात उठाएको बाल्कबाट प्रतिनिधित्व गर्ने सांसद अबास इब्राहिमजादाले एसोसिएटेड प्रेसलाई बताएका छन्।
उज्वेकिस्तान र ताजिकिस्तानको सीमा नजिक रहेको मजार–ए–शरीफ प्रमुख आर्थिक केन्द्र हो। तालिबानले यो भन्दा पहिले सन् १९९० को दशकमा सो शहरमा नियन्त्रण कायम गरेका थिए।
अमेरिका नेतृत्वको नेटो सैनिकले सन् २००१ देखिको सैन्य अभियान अफगानिस्तानमा समाप्त गर्दै छन्। अमेरिकी सैनिक यहि अगस्ट अन्तिमसम्ममा तथा अरु विदेश सैनिकहरु सेप्टेम्बर ११ सम्ममा फिर्ता हुने छन्। विदेशी सैनिक फिर्ता हुन थालेसँगै तालिबानको प्रभाव बढेको हो।
Comments
अरु समाचार
-
रविलाई पक्राउ गर्ने चर्चासँगै पार्टी कार्यालयमा सरगर्मी बढ्यो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्ने चर्चासँगै वनस्थलीस्थित पार्टी कार्यालयमा सरगर्मी बढेको छ । सभापति लामिछाने...
-
दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा रु ९४ अर्ब ५२ करोड सरकारी ऋण थपिएको छ ।...
-
नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार
काठमाडौं । साताको पहिलो दिन अर्थात कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ ।...
-
मुस्ताङको सुन्दरतामा पर्यटक आकर्षित,उपल्लो मुस्ताङलाई अर्धनिषेधित क्षेत्र कायमै राख्दा पर्यटक आवागमन न्यून
काठमाडौं । ऐतिहासिक र धार्मिक महत्वको मुस्ताङको पृथक भू–बनोट, प्राकृतिक, भौगोलिक, सांस्कृतिक, जैविक विविधताले विश्वभरका पर्यटक आकर्षित हुँदै आएका छन्...
-
बैतडीको शिवलिङ्ग केन्द्रविन्दु भएर भूकम्प
काठामाडौं । बैतडी जिल्लाको शिवलिङ्ग आसपास केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार...
-
इरानको कोइला खानीमा विस्फोट हुँदा ३० को मृत्यु, २० जनाभन्दा बढीको अवस्था अज्ञात
काठमाडौं । पूर्वी इरानको एक कोइला खानीमा ग्यास चुहिएर भएको विस्फोटमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ भने २०...
-
मध्यभोटेकोशीले एक महिनाभित्र बिजुली उत्पादन गर्दै
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन एक सय दुई मेगावाट क्षमताको मध्यभोटेकोशी...
-
विश्व पर्यटन दिवसमा बन्दीपुरमा सडक खाना महोत्सव हुने
काठमाडौं । विश्व पर्यटन दिवसका अवसरमा तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सडक खाना महोत्सव हुने भएको छ । पर्यटन दिवसका अवसरमा...
-
झापामा सवारीसाधन कारबाहीबाट ६६ लाख बढी राजस्व सङ्कलन
काठमाडौं । जिल्ला ट्राफिक कार्यालयाले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा रु ६६ लाख १५ हजार राजस्व सङ्कलन गरेको छ...