माओवादीको विधान : उपमहासचिव हट्ने, कोषाध्यक्ष थपिने
काठमाडाैँ । नेकपा माओवादीको प्रस्तावित विधानमा उल्लेख गरिएको उपमहासचिव पद खारेज हुने भएको छ । साथै कोषाध्यक्ष पद थपिने भएको छ । माओवादीका केन्द्रीय पदाधिकारीहरूमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष रहनेछन् । प्रदेश र तल्ला कमिटीहरूमा भने अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष रहने भएको छ ।
शनिबारको बैठकमा प्रस्तुत गरिएको विधान संशोधन प्रस्तावमा उपमहासचिव पनि रहने प्रावधान थियो । तर, आइतबार बैठकमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा माओवादी नेता देव गुरुङले भने,‘उपमहासचिव पद हट्छ, कोषाध्यक्ष पद थप गरिनेछ ।’ आइतबार दिउँसो केन्द्रीय कमिटीको बैठक एक घण्टा रोकेर बसेको स्थायी कमिटी बैठकले उपमहासचिव हटाएर कोषाध्यक्ष राख्ने निर्णय गरेको गुरुङले बैठकलाई जानकारी दिए ।
नेकपाकै पालाको विधानमा टेकेर कार्यदलले विधानको मस्यौदा बनाएको हुनाले उपमहासचिव लगायतका पद रहन गएको बताउँदै गुरुङले त्यसलाई सच्याउने बताए । बैठकमा केन्द्रीय सदस्यहरुले दिएका सुझावहरूका सन्दर्भमा दीर्घकालीन महत्वका सुझावहरूलाई पछि सम्वोधन गर्दै जाने र तत्कालै गर्न सकिने कामहरु तत्काल सुधार गरिने उनले बताए ।
बैठकमा बोल्दै गुरुङले स्थानीय एवं महानगर तहको संगठनात्मक संरचना साउन १८ को सुर्कलर अनुसार हुने र जिल्ला र प्रदेशको संरचना गत बैशाखको सर्कुलरअनुसार हुने गरी विधानमा मिलाइने बताए ।
Comments
अरु समाचार
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
प्रधानमन्त्री ओली र मोदीबीच आज भेट वार्ता हुँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न राष्ट्रका...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...
-
विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
‘‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’’: मन्त्री गुरुङ
काठमाडौं । संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन । विश्वका अन्य देशमा नयाँ संविधान बनिसकेपछिको अभ्याससँग तुलना...