ताजा समाचार

कुलमान नियुक्तिविरुद्धको रिट निवेदन कुमार रेग्मीको इजलासमा

काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा कुलमान घिसिङको पुनःनियुक्तिविरुद्ध हितेन्द्रदेव शाक्यले सर्वाेच्च अदालतमा दायर गरेको रिट निवेदनको सुनुवाइ न्यायाधीश कुमार रेग्मीको इजलासमा हुने भएको छ।

आफूलाई गैरकानुनी ढंगले बीचमै पदबाट हटाई घिसिङलाई नियुक्ति दिइएको भन्दै  शाक्यले दिएको मुद्दाको सुनुवाइ आज (बुधबार) हुने भएको हो।

आफू ४ वर्षका लागि नियुक्त भएकामा सरकारले अहिल्यै हटाएकाले पुनः त्यही पदमा थमौती गर्न शाक्यले माग गरेका हुन्।

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले केही दिनअघि मात्रै कुलमान घिसिङलाई प्राधिकरणमा कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो।

त्यही मन्त्रिपरिषद्को बैठकले शाक्यलाई सचिवसरहको सेवा(सुविधा दिई ऊर्जा आयोगको सदस्य पदमा नियुक्ति दिइसकेको छ। तर यसप्रति असन्तुष्टि जनाउँदै उनले सर्वोच्च अदालतमा मुद्दा हालेका हुन्।

शाक्य प्राधिकरणको उपकार्यकारी निर्देशक कायम नै छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org