ताजा समाचार

ओली समर्थकलाई गगन थापाको सुझाव : अध्यादेशको विरोध गर्ने भए माफी माग्नोस्

काठमाडाैँ । नेपाली काँग्रेसका नेता गगन थापाले संसद् अधिवेशन हठात् अन्त्य गरेर संसद् छल्दै अध्यादेश ल्याउनु गलत भएको बताएका छन् ।

‘ हिजो गलत,आज गलत, सधैँ गलत,जसले गरे पनि गलत,’ सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘ हिजो ओलीले ल्याउँदा गलत भन्ने,त्यसको विरुद्धमा उभिने कसैलाई पनि आज समर्थन गर्ने हक छैन/हुँदैन । समर्थन गर्ने भए त्यतिबेला विरोध गरेकोमा सार्वजनिक माफी माग्नुपर्छ ।’

यसको साथै उनले ओली सरकारले यही अध्यादेश ल्याउँदा समर्थन गर्नेहरूसँग भने यस अध्यादेशको विरोध गर्ने अधिकार नभएको बताएका छन् । उनले अहिले विरोध गर्ने भए त्यतिबेला गल्ती गरेका थियौँ भनेर पहिला सार्वजनिक माफी माग्नुपर्ने बताएका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन् :

संसद् अधिवेशन हठात् अन्य गरेर संसद् छल्दै अध्यादेश ल्याउनु गलत ! हिजो गलत,आज गलत, सधैँ गलत,जसले गरे पनि गलत ।

हिजो ओलीले ल्याउँदा गलत भन्ने,त्यसको विरुद्धमा उभिने कसैलाई पनि आज समर्थन गर्ने हक छैन/हुँदैन । समर्थन गर्ने भए त्यतिबेला विरोध गरेकोमा सार्वजनिक माफी माग्नुपर्छ ।

सँगैमा, गत वर्ष वैशाखमा यसरी नै संसद् छल्दै अध्यादेश जारी गर्ने ओली सरकार,समर्थन गर्ने मण्डली वा अध्यादेशमा ल्याप्चे लगाउने राष्ट्रपति कसैलाई पनि आज यो अध्यादेशको विरोध गर्ने हक छैन/हुँदैन। विरोध गर्ने भए त्यतिबेला गल्ती गरेका थियौँ भनेर पहिला सार्वजनिक माफी माग्नुपर्छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org