ताजा समाचार

ओलीलाई भेटेको छैन : डा. शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग आफ्नो भेट नभएको बताएका छन् ।

कोइरालाका तर्फबाट प्रेसनोट जारी गर्दै स्वकीय सचिव दिनेशचन्द्र थपलियाले अध्यादेश आएपछि ओलीसँग भेटेको भनी आएका समाचारमा सत्यता नरहेको दावी गरेका हुन् ।

‘दुई दिनको विराटनगर बसाइपछि डा. शेखर कोइराला २०७८ भदौ २ गते बेलुकी काठमाडौं फर्कनुभएको हो । उहाँको कसैसँग भेट भएको छैन’, थपलियाले भनेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org