ताजा समाचार

माधवजीको दल सनाखत हुनासाथ मन्त्रिपरिषद् विस्तार : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माधव नेपाल नेतृत्वको नयाँ दल दर्ता हुने बित्तिकै मन्त्रिपरिषदले पूर्णता पाउने बताएका छन् ।

बुधबार समाजवादी केन्द्रले आयोजना गरेको कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन् ।

‘हिजोबाट नयाँ परिस्थिति बनेको छ,’ उनले भने, ‘आज मात्रै प्रधानमन्त्री, माधवजी र मेरो छलफल भयो । नयाँ दल दर्ता भएको सनाखत हुनेबित्तिकै मन्त्रिपरिषद् टुंग्ग्यादिनुपर्छ भन्ने सहमति भएको छ । उताबाट दर्ता सनाखत हुनेबित्तिकै त्यो टुंग्याइन्छ।’

प्रचण्डले पहिलेको सरकारले ल्याएको अध्यादेश र अहिले ल्याएको अध्यादेशमा आकाश र जमीनको फरक रहेको दावी गरे । उनले भने, ‘अहिले ल्याएको अध्यादेशको उद्देश्य गणतन्त्र, लोकतन्त्रको रक्षा गर्नु छ । दुईटा अध्यादेशमा आकाश र जमीनको फरक छ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org