ताजा समाचार

सिद्धान्तहीन लडाइँले एमाले सत्यानाश हुने भयो : घनश्याम भुसाल

काठमाडाैँ । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले पार्टीमा चलिरहेको अहिलेको लडाइँलाई विचारहीन र सिद्धान्तहीन भनेका छन्।

केही समयअघि आफनोसमेत साथ पाएका माधवकुमार नेपालले बिहीबार एमाले समाजवादी पार्टी दर्ता गरेपछि भुसालले यस्तो बताएका हुन्।

भुसालले अझै बेइमानी गर्दै जाने हो भने पार्टीमा अझै सत्यानाशतिर जाने पनि बताएका छन्।

‘हाम्रो पार्टीको मुख्य समस्या विचारहीनता/सिद्धान्तहीनताबाट शुरू भएको हो। कम्तीमा संगठनात्मक विधि स्थापित गर्दा ती समस्या समाधान गर्ने ढोका खुल्थ्यो,’ उनले भनेका छन्, ‘त्यसमा पनि इमान्दार नहुँदा हामी तीव्ररूपमा विसर्जनतर्फ जाँदैछौँ। जति धेरै बेइमानी त्यति धेरै सत्यानाश! फेरि पनि हस्तक्षेपको खाँचो छ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org