ताजा समाचार

एमाले फुटेको होइन, केही मानिसहरू अलग भएका हुन् : केपी ओली

काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटेको नभई केही मानिस मात्र अलग भएको बताएका छन् । यसले एकाध ठाउँमा असर गरे पनि अपूरणीय क्षति नहुने उनले बताए ।

बिहीबार नेपाल न्यूज एजेन्सीसँग कुरा गर्दै अध्यक्ष ओलीले भने, ‘एकाध ठाउँ भत्काउने, इँटा खुस्काउने गर्न सक्लान् । तर त्यो टाल्न सकिन्छ, अपूरणीय क्षति होइन, भवन नै ध्वस्त हुने क्षति होइन ।’

‘पार्टी विभाजन हुनु र टुक्रिनु फरक कुरा हुन्’, उनले अगाडि भने, ‘एमाले फुटेकै छैन, एउटा सानो चोइटो उछिट्टिएको मात्रै हो।’

अध्यक्ष ओलीले नेता नेपालले एमालेलाई बाह्य शक्तिले फुटाइदिएको पनि बताएका छन्। उनले नेता नेपालले उनकै विवेक अनुसार नेकपा समाजवादी दर्ता गरेर अध्यक्ष हुन गएको पनि टिप्पणी गरेका छन्।

उनले वरिष्ठ नेता नेपाललाई एमालेबाट कुनै हालतमा निकाल्ने शक्ति सक्रिय भएको पनि बताए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org