बालकोट पुगेर ओलीलाई अष्टलक्ष्मीले भनिन्ः ‘मूल नेतृत्व तपाईं नै हो, साथ दिन तयार छौं’
काठमाडाैँ । पार्टी विभाजनमा तटस्थ बसेका दोस्रो पुस्ताका नेताहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका छन् ।
पार्टी विभाजनका क्रममा माधव नेपालको साथ छाडेका दोस्रो पुस्ताका नेताहरूले बालकोटस्थित ओलीको निजी निवास पुगेर सोमवार छलफल गरेका हुन् ।
यसअघि माधव नेपाल पक्षका भनेर चिनिएका एमाले उपाध्यक्षहरू भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, रघुजी पन्त लगायतले ओलीलाई पार्टी विवाद मिलाउन मन फराकिलो बनाउन सुझाव दिए ।
ओलीसँग निर्णायक वार्ताका लागि भन्दै बालकोट पुगेका नेताहरू सोमवारको छलफलका क्रममा निकै नरम ढंगले प्रस्तुत भएका थिए ।
नेताहरूको अभिव्यक्ति र हाउभाउ सुन्दा उनीहरूले आफ्नो राजनीतिक भविष्यको सुनिश्चितता खोजेको जस्तो देखिएको स्रोतले बतायो ।
हालै बाग्मती प्रदेशको मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यले आफूहरूको मूल नेतृत्व ओली नै भएको बताइन् । आफूहरूको साथ ओलीलाई नै रहने उनको भनाइ थियो ।
‘मूल नेतृत्व तपाईं हो । समस्या समाधान गर्न तपाईं नै लाग्नुपर्छ । त्यसमा साथ दिन तयार नै छौं । साथ दिन तयार नभएको भए त हामी पनि कता कता जान्थ्यौं । आ–आफ्नो ढंगले हिँड्थ्यौ । हामी त गएका छैनौँ नि !’
नेतृत्वले नै पार्टी जोगाउने र बचाउन सक्ने भएकाले अहिले ओलीको भूमिका महत्त्वपूर्ण हुने शाक्यले बताइन् ।
‘नेतृत्वले राम्रो पनि गर्न सक्छ, नराम्रो पनि गर्न सक्छ । पार्टीलाई एक ढिक्का बनाएर अगाडि लैजान पनि सक्छ । मूल नेतृत्व भनेको तपाईं हो । हामी पनि हो । हामी सबै हिसाबले साथ दिन्छौं । नेपालको कम्युनिस्ट आन्दोलन एक ढिक्का भएर एमालेले मात्रै बचाउन सक्छ, भन्ने सन्देश दिएर जुर्मुराएर उठौं ।’
बालकोट पुगेका नेताहरूसँग ओलीले भोलि नै बैठक बसेर १० बुँदे कार्यान्वयन अघि बढाउन प्रस्ताव गरेका थिए । शाक्यले ओलीले बैठक बसेर छलफल अगाडि बढाऔं भनेको कुरा सकरात्मक भएको बताइन् ।
छलफलमा उनले भनिन्, ‘कमरेडले भोलि नै बैठक बसौं न त भन्नुभयो । मलाई त राम्रो लाग्यो । राम्रो कामका लागि किन ढिला गर्ने ? यसले एमाले एकताबद्ध भयो भन्ने सन्देश जान्छ ।’
विगतमा कसले के गर्यो भन्ने कुरा बिर्सेर पार्टी जोगाउनु पर्ने शाक्यको भनाइ थियो । ‘हिजो कहाँ के–के भयो सबै छाड्दिनुहोस् । त्यता जाँदा फेरि पनि घाउ बल्झिन्छ, त्यता नजाँदा नै राम्रो हुन्छ’, उनले भनिन् ।
माधव नेपालले नयाँ पार्टी बनाउन हतार गरेको शाक्यले बताइन् ।
‘माधव नेपाल यति छिटो नजानुपर्ने हो । हामी त पर्खेका छौं । युवाहरू पर्खेका छन् । माधव नेपाललाई ल्याउनैपर्छ, एकताबद्ध बनाउनैपर्छ । वामदेव गौतम अस्तिको बैठकमा आउनुभयो भन्ने छ । झलनाथ कमरेड बिरामी हुनुहुन्छ । जो–जो नेताहरू हुनुहुन्छ, सबै एकताबद्ध भएर जुरूक्क उठ्नुपर्छ’, छलफलमा शाक्यले भनिन् ।
पार्टी फुट्दा केही फरक पर्दैन भन्ने सोच नराख्न पनि शाक्यले ओलीलाई आग्रह गरिन् । ‘हामी फुट्यौँ भने केही पनि हुँदैन भन्ने कुरा होइन, मुलुकचाहिँ सिद्धिन्छ । यो टीमले एमाले जोगाउनै पर्छ, बलियो बनाउनै पर्छ । त्यसका लागि मनलाई संकुचित, साँघुरो होइन, फराकिलो बनाउनु पर्छ । मिल्ने भनेपछि अत्यन्तै लचिलो, फराकिलो भएर मिल्ने कुरातिर जाऔं ।’
विभाजन भएर, मन साँघुरो गरेर, पार्टी बेमेल भएर जनतामा जाँदा कस्तो असर हुन्छ भन्ने कुरा बताउन शाक्यले सहाना प्रधानसँग चुनावी प्रतिस्पर्धा गर्दाको अनुभव छलफलमा सुनाएकी थिइन् ।
‘२०५४ सालमा साहना प्रधानले पार्टी फुटाइसकेपछि सहाना प्रधानकै क्षेत्रमा उनलाई हराउनुपर्छ भनेर मलाई पठाइएको थियो । त्यसबेला जनताबाट मैले कस्तोसम्म सुन्नपर्यो भन्ने अहिले पनि झलझली सम्झन्छु । जनताको घर घर गएर म पार्टी एकता बचाउँछु भन्नुपर्यो । फूटलाई जनताले कहिल्यै मन पराउँदैनन्’, शाक्यले सुनाइन् ।
छलफलमा उनले बागमती प्रदेश सरकारको अनुभव पनि सुनाइएकी थिइन् ।
प्रदेश सभामा भएका आफ्नै पार्टीका सांसदहरू बीचमा समेत बोलचाल नभएको, सरकार भएको अनुभव गर्न नपाएको अवस्था भोगेको उनले बताइन् । बाग्मती प्रदेशमा एमालेको सरकार जोगाउनका लागि ठूलो मेहनत गरेको र त्यति नगरेको भए अहिले बाग्मतीमा कांग्रेसको सरकार हुन्थ्यो, भन्ने उनको जिकिर थियो ।
उनले भनिन्, ‘हाम्रै मेहनतका कारण एमालेको सरकार जोगाउन सकेका छौं । मेहनत गर्दा, मन फराकिलो गर्दा राम्रो नतिजा आउन सक्छ ।’
पार्टीको तल्लो तहमा समेत विभाजन आएको भन्दै उनले आगामी निर्वाचनमा राम्रो नतिजा नदिने शाक्यले विश्लेषण छ ।
‘यत्रो संघर्ष गरेर आन्दोलनमा लाग्यौँ, हाम्रो भविष्य के हुने हो भन्ने ठूलो चिन्ता तल्लो तहसम्म दुवै पक्षमा छ । तल्लो तहकै पंक्तिले आन्दोलन गर्ने हो, निर्वाचनमा खट्ने हो । उनीहरूकै कारण हामी नेतृत्व गर्ने अवस्थामा छौं । त्यसैले तल्लो तहका पंक्तिलाई केही पनि होइन भन्नुहुँदैन’, उनले ओलीसँगको छलफलमा भनिन् ।
स्थानीय तहको निर्वाचन नजिक आइसकेकाले पनि सबै नेतालाई एकजुट बनाउनुपर्ने शाक्यको भनाइ थियो ।
‘अत्याधिक तहमा एमालेले जित्नै पर्छ । त्यसका लागि तयारी गर्न पनि ढिलो भइसक्यो । फराकिलो मन गरेर मिलौं । माधव, झलनाथ, वामदेव सबैलाई एकै ठाउँमा ल्याउने काम गरौं,’ उनले भनिन् ।
मुख्यमन्त्री बन्दा आफूले विभिन्न आरोप सुन्नु परेको भए पनि त्यसलाई परवाह नगरेको उनले बताइन् ।
‘अहिलेको घटनाले मलाई पनि आरोप त लागेकै छ नि ! तर, मलाई त्यसमा परवाह छैन । मुख्य कुरा आन्दोलन जोगाउनु पर्यो भन्ने हो ।’
Comments
अरु समाचार
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
प्रधानमन्त्री ओली र मोदीबीच आज भेट वार्ता हुँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न राष्ट्रका...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...
-
विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
‘‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’’: मन्त्री गुरुङ
काठमाडौं । संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन । विश्वका अन्य देशमा नयाँ संविधान बनिसकेपछिको अभ्याससँग तुलना...