ताजा समाचार

‘चार महिनाभित्र नेकपा (एकीकृत समाजवादी) मुलुककै ठूलो दल बन्छ’

काठमाडौं । प्रस्तावित एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले आफूहरुले गठन गरेको नयाँ पार्टी चार महिनापछि देशकै सबैभन्दा ठूलो बन्ने दावी गरेका छन् ।

नेकपा माओवादी केन्द्रलगायतका कम्युनिष्ट घटकसँग पार्टी एकता गर्ने तर एमालेसँग कुनै सहकार्य नहुने उनले बताए ।

निर्वाचन आयोगमा एकीकृत समाजवादीको सनाखत प्रक्रिया चलिरहँदा चौधरीले पत्रकारहरुसँग कुरा गर्दै आफूहरुले सोचेभन्दा धेरैको सनाखत भएको पनि बताए । चौधरीका अनुसार अहिलेसम्म ५५ जना केन्द्रीय सदस्य र २९ जना सांसदको सनाखत भइसकेको जानकारी दिए ।

उनले भने, ‘हामी चार महिनापछि यो मुलुकको सबैभन्दा ठूलो पार्टी बन्दैछौं ।’

कसरी ठूलो पार्टी बन्नुहुन्छ ? भन्ने पत्रकारको प्रश्नमा उनले वामएकताको आधार देखाए ।

‘हामीले माओवादी केन्द्र, जनमोर्चादेखि विप्लव, मोहन वैद्यलगायतका पार्टीसँग एकताको प्रक्रिया अगाडि बढाइसकेका छौं । त्यो चाँडै सम्पन्न हुन्छ’ उनले भने ।

एमालेमा केपी ओलीको नेतृत्व छउञ्जेल कुनै प्रकारको सहकार्य नहुने चौधरीको भनाइ छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org