कार्यकर्तालाई माधव नेपालको आह्वान- ओली भ्रमबाट मुक्त भएर क्रान्तिकारी धारमा समाहित हुनुहोस्
काठमाडौं । नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले कार्यकर्ताहरूलाई आफ्नो पार्टीमा समाहित हुन आग्रह गरेका छन् । नयाँ पार्टीले मान्यता पाएपछि पहिलोपटक बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भने दक्षिणपन्थी भासमा फसेको र प्रतिगामी कदम चालेको आरोप लगाए।
‘दक्षिणपन्थी भासमा फसिसकेको, सरकार संचालनमा असफल भइसेको, एकीकृत कम्युनिष्ट पार्टी विभाजनमा अग्रसरता लिएको छ,’ उनले भने, ‘दुई-दुई पटक प्रतिनिधिसभा विघटन गरि प्रतिगामी कदम चालेको मान्छेको भ्रमबाट मुक्त भएर नयाँ क्रान्तिकारी धारमा समाहित हुन आग्रह गर्न चाहान्छु ।’
हजारौं कार्यकर्ता र जनप्रतिनिधिको सुरक्षा सुनिश्चित गर्न नयाँ पार्टी खोल्न ढिलाइ गरेका नेता नेपालले बताए। ‘हजारौं हजार कार्यकर्ताको सुरक्षाका बारेमा सोच्नुपर्ने हुन्थ्यो,’ उनले भने, ‘संघ, प्रदेश र स्थानीय तहमा निर्वाचित भएका कार्यकर्ताको भविष्यको चिन्ता गर्ने भएकाले हामीले तत्कालै नयाँ पार्टी खोलेनौं ।’
पछिल्लो समय त्यसको सुनिश्चित हुने गरी संवैधानिक अनुकूलता प्राप्त भएपछि नयाँ दल खोलेको बताए। ‘अहिले परिस्थितिमा परिवर्तन भयो, हाम्रा लागि मात्रै होइन, अरुका लागि पनि आवश्यक पर्यो,’ नेपालले भने, ‘संवैधानिक अनुकूलता प्राप्त भयो । एउटा निकास पायौं । हामीले सबै कार्यकर्तालाई सुरक्षा गर्न सक्ने भयौं ।’
नेपालले आफ्नो साथ छोडेका साथीहरूले पहिले चाँडै नयाँ पार्टी दर्ता गर्न आग्रह गर्दै निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गरेको पनि खुलासा गरे । ‘हामीलाई साथ छोडेका साथीहरुले निर्वाचन आयोगमा दर्ता गरेको पार्टी अहिले पनि आयोगमा जिउँदै छ,’ उनले भने।
कम्युनिष्ट आन्दोलनमा यस्तो हुने भन्दै उनले साथ नदिएकामा आफ्नै समूहका नेताहरूप्रति खासै गुनासो नभएको समेत बताए ।
Comments
अरु समाचार
-
संसदीय समितिको कार्यादेश तय गर्न कार्यदलको बैठक बस्दै
काठमाडौं । सहकारी ठगी प्रकरण छानबिन गर्ने संसदीय समितिको कार्यादेश तय गर्न गठित कार्यदलको बैठक आज बस्ने भएको छ। आज...
-
संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दै, अवरोध कायमै रहने
काठमाडौं । संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक आज बस्ने भएका छन् । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक...
-
वीरगञ्ज महानगरद्वारा ४० करोड राजस्व संकलन
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा रु ३९ करोड ८० लाख ३४ हजार एक सय १९ रकम...
-
लोक सेवा सदनको जग्गा ४३ वर्षपछि सरकारको स्वामित्वमा
झापा । त्रिचालीस वर्षदेखि निष्क्रिय रहेको लोक सेवा सदनको करोडौँ मूल्य पर्ने गौरीगञ्जस्थित ११ बिगाहा जग्गा नेपाल सरकारको स्वामित्वमा कायम...
-
प्रमुख विपक्षीदलको वेल घेराउबीच प्रधानमन्त्रीलाई विश्वासको मत
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत प्राप्त भएको छ । प्रतिनिधिसभाको यो कार्यकालमा उनले चौथौपटक विश्वासको...
-
कांग्रेसको विरोधका बीच प्रधानमन्त्री दाहालद्वारा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोध र नाराबाजीबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मतसम्बन्धी प्रस्ताव...
-
कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा राजेन्द्र अधिकारी नियुक्त
काठमाडौं । कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा डा राजेन्द्र अधिकारी नियुक्त भएका छन् । कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को आजको बैठकले...
-
आज कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक
काठमाडौं । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक आज बिहान बस्ने...
-
प्रतिनिधिसभा बैठक दोस्रोपटक सर्यो
काठमाडौं । प्रतिनिधिसभाको बैठक दोस्रोपटक सरेको छ । आज बिहान ११ बजे बस्नेगरी तय भएको बैठक २ बजेका लागि सारिएकामा...