ताजा समाचार

संवैधानिक परिषद् अध्यादेश सम्बन्धी रिटको सुनुवाइमा प्रधानन्यायाधीश राणा नबस्ने

काठमाडाैँ । संवैधानिक परिषद् सम्बन्धी अध्यादेशविरुद्धको रिटको सुनुवाइमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नबस्ने भएका छन् ।

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले  संवैधानिक परिषद्‌सम्बन्धी अध्यादेश ल्याएर गरेको नियुक्तिहरू बदर माग गर्दै दायर भएको रिटको सुनुवाइमा राणाा नबस्ने भएका हुन् ।

सो अध्यादेश अनुसार संवैधानिक निकायहरूमा भएको नियुक्तिको निर्णय क्रममा प्रधानन्यायाधीश राणा समेत सहभागी भएकाले इजलाशमा बस्न नमिल्ने जिकिर रिट निवेदकको थियो ।

अधिवक्ता ओमप्रकाश अर्याललगायतले दायर गरेको रिटमा सुनुवाइका क्रममा शुक्रबार संवैधानिक इजलासमा प्रधानन्यायाधीश राणाको सहभागीताबारे प्रश्न उठेको थियो । सुनुवाइको क्रममा प्रधानन्यायाधीश राणाले संवैधानिक दायित्वका कारण आफू संवैधानिक परिषद्को बैठकमा सहभागी भएको बताएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org