ताजा समाचार

देउवा, प्रचण्ड र नेपालबीच छलफल जारी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भइरहेको छ ।

छलफलका लागि प्रचण्ड एक घण्टाअघि नै बालुवाटार पुगेका थिए । छलफल मन्त्रिपरिषद् विस्तारमा केन्द्रित रहेको बताइएको छ ।

शनिबार पनि देउवा र प्रचण्डबीच भेटवार्ता भएको थियो । भेटमा मन्त्रिपरिषद् विस्तारलाई छिट्टै पूर्णता दिने विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

नेपाली कांग्रेसका सभापति देउवाले प्रधानमन्त्री भएको डेढ महिनासम्म पनि मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् ।

सत्तारूढ गठबन्धनबीच कुन–कुन मन्त्रालय पाउने भन्ने भागबन्डा मिल्न बाँकी रहेको बताइन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org