ताजा समाचार

‘लोकतन्त्र र संविधानको रक्षाका लागि विद्रोह गरेको हौँ’: माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अहिल्यै अन्य दलसँग एकता हुने सम्भावना नभएको बताएका छन्।

आइतबार संसदीय दलको नेता चयन गर्न बसेको बैठकलाई सम्बोधन गर्दै उनले भने‚ ‘हामी अहिले कसैसँग एकताको पक्षमा छैनौँ। हामी कसैसँग विलय हुँदैनौँ। हामी हाम्रो संगठनलाई तल्लो तहसम्म विस्तार गर्छौं। हामीले केन्द्रीयदेखि प्रदेश हुँदै स्थानीय तहसम्मको जनप्रतिनिधिको पद जोगाउँछौँ।’

अध्यक्ष नेपालले पार्टी एकता ओली प्रवृत्तिकै कारण असफल भएको आरोप लगाएका छन्। ‘हामी एकताको पक्षमा थियौँ। तर ओली प्रवृत्तिको कारणले विफल भयो‚’ उनले भने‚ ‘ओलीमा आफू प्रधानमन्त्री नहुने हो भने कुर्सी नै भाँचिदिने प्रवृत्ति रह्यो।’

नेपालले केपी ओली कम्युनिस्टको नाममा कलंक भएको आरोप लगाए। पार्टी विभाजनको क्रममा आफूलाई हौँसाएका केही नेताहरुले अन्तिम समयमा आएर धोका दिएको उनले गुनासोसमेत गरे।

ओली सामूहिकताको भावना हटिसकेको भएकाले म नै सर्वेसर्वा म नै पार्टी भन्ने अहमता बढेको टिप्पणी गरे। ओलीले पार्टीमा सबैलाई अपमान गरेको नेपालले दाबी गरे। ओलीसँग जालझेलबाहेक अरु केही नभएको बताए। ओलीले संविधान र लोकतन्त्र विरुद्ध कदम चालेको भएकाले जनता र देशको लागि विद्रोह गरेर रक्षामा उभिएको भनाइ राखे।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org