ताजा समाचार

पार्टी विभाजनविरुद्ध उभिन प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई एमालेको निर्देशन

काठमाडौंं । नेकपा एमालेले प्रदेशसभा सदस्य तथा स्थानीय तहका जनप्रतिनिधिहरूलाई पार्टी विभाजनविरुद्ध उभिन निर्देशन दिएको छ ।

अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरमा पछिल्ला बैठकको निर्णय समेटेर जारी गरिएको अन्तर पार्टी निर्देशन (अपानी)मा पार्टीको पक्षमा सक्रिय भूमिका खेल्न आग्रह गरिएको छ ।

“पार्टी विभाजनको दुराशयबाट साथ हालै जारी अध्यादेशमा स्थानीय तहका जनप्रतिनिधिहरूले समेत दल त्याग गर्नसक्ने प्रावधान राखिएको छ । अध्यादेशको उक्त प्रावधान संविधानको अक्षर र भावना विपरित रहेको निष्कर्षसहित बैठकले उक्त व्यवस्थाको कानुनी प्रतिवाद गर्ने निर्णय गरेको छ, अपानीमा भनिएको छ, “यसका साथै २१ दिनसम्म प्रदेशसभा सदस्यहरू तथा स्थानीय तहका जनप्रतिनिधिहरूले दल छनोट गर्न पाइने भनी जारी गरिएको सूचनाबाट प्रभावित नहुन, पार्टीमा विभाजन र विखण्डन ल्याउने प्रयासका विरुद्ध दृढतापूर्वक उभिन र पार्टीको पक्षमा सक्रिय भूमिका निर्वाह गर्न हाम्रो पार्टीको तर्फबाट निर्वाचित सबै प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिधिहरूलाई बैठकले निर्देशित गरेको छ ।”

निर्वाचन आयोगले नेकपा एमालेका जनप्रतिनिधिलाई पार्टी रोज्नका लागि भदौ २२ गतेसम्म सनाखत गर्ने म्याद दिएको छ । एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) दर्ता भएपछि आयोगले सनाखतको म्याद तोकेको हो ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org