ताजा समाचार

मन्त्रीको टुंगो लगाउन माओवादी स्थायी समिति बैठक बस्दै

काठमाडाैँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै छ । दिउँसो १ बजेपछि पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगो लगाउने एजेण्डा छ ।

सोमबार बिहान सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक सकिएलगत्तै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी समिति बैठक बोलाएका हुन् ।

बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगो लगाउने प्रमुख एजेण्डा राखिएको एक स्थायी समिति सदस्यले जानकारी दिए ।

अहिलेसम्म कसको नेतृत्वमा सरकारमा सहभागी हुने भन्ने विषय नै टुंगो लागिसकेको छैन । स्थायी समिति सदस्य हरिबोल गजुरेलको नेतृत्वमा सरकारमा सहभागी गराउने विषयमा नेताहरुबीच छलफल भइरहेको स्रोतले बताएको छ ।

माओवादी केन्द्रबाट यसअघि नै जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री भइसकेका छन् । अब माओवादी केन्द्रले ४ जना मन्त्री पाउने छन् । यसमा भौगोलिक, प्रादेशिक, जातीय, लैंगिक सबैलाई समेट्नुपर्ने बाध्यतामा प्रचण्ड छन् ।

थप हुने मन्त्रीमा देव गुरुङ, देवेन्द्र पौडेल, अन्जना विसंखे र पूर्वबाट एक जना समेट्ने तयारी छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org