अफगानिस्तानबाट २० वर्षे युद्ध टुंग्याउँदै फर्कियो अमेरिका
काठमाडौँ । अमेरिकाले अफगानिस्तानमा आफ्नो २० वर्षदेखिको सैन्य उपस्थिति औपचारिक रूपमै टुंग्याएको छ । अफगानिस्तानबाट सोमबार अमेरिकी सेनाको अन्तिम डफ्फा फर्किएसँगै दुई दशक लामो युद्ध अन्त्य भएको हो ।
अमेरिकी सेनाको सेन्ट्रल कमान्डका कमान्डर जनरल फ्र्यांक म्याककेन्जीले सोमबार अमेरिकी सेनाको अन्तिम डफ्फा काबुलबाट फर्किएको जानकारी दिए । उनले पत्रकारहरूसँगको कुराकानीमा भने, ‘म यहाँ अफगानिस्तानबाट हाम्रो घरफिर्ती अभियान र अफगानिस्तानबाट अमेरिकीसहित तेस्रो मुलुक र जोखिममा रहेका अफगानी नागरिकको सैन्य उद्धार सकिएको घोषणा गर्न उपस्थित भएको हुँ ।’
उनका अनुसार अमेरिकी सेनाको अन्तिम जहाज सी–१७ काबुलस्थित हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार दिउँसो ३ बजेर २९ मिनेट जाँदा उडेको थियो । उनले अगाडि भने, ‘यो उडानसँगै धेरै पीडादायी क्षण पनि छन् । हामीले चाहेका सबैलाई ल्याउन सकेनौं ।’
अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार नै एउटा वक्तव्य जारी गर्दै अमेरिकी सेनालाई धन्यवाद दिएका छन् । तोकिएको समयभित्र सबै फर्किन सफल भएको उनले जनाएका छन् । ‘गत १७ दिनमा हाम्रो सेनाले अमेरिकी इतिहासकै ठूलो हवाई उद्धार गरेको छ । अमेरिकी नागरिक, हाम्रा सहयोगी मुलुकका नागरिक र अफगानी नागरिक गरी १ लाख २० हजारभन्दा बढीको उद्धार भएको छ । उनीहरूले यो कार्य बेजोड साहस, व्यावसायिकता र संकल्पका साथ गरेका हुन्,’ राष्ट्रपति बाइडेनद्वारा जारी वक्तव्यमा भनिएको छ । उनले अफगानिस्तानमा २० वर्ष लामो सैन्य उपस्थिति सकिएको पनि बताए । ‘अब अफगानिस्तानमा २० वर्षदेखिको हाम्रो सैन्य उपस्थिति सकिएको छ,’ उनले भने ।
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रवक्ता जोन किर्बीले सोमबार अमेरिकाले अफगानिस्तानबाट १ लाख २२ हजारभन्दा बढीको उद्धार गरिएको जानकारी दिएका थिए ।
अफगानिस्तानबाट फर्कने अन्तिम अमेरिकी सैनिक
अफगानिस्तानबाट फर्कने अन्तिम अमेरिकी सैनिक मेजर जनरल क्रिस डोनाहुवे हुन् । उनी ८२औं एअरबर्न डिभिजनका कमान्डर हुन् । उनीसँगै काबुलस्थित अमेरिकी दूतावासका चार्ज डी अफेयर्स रोस विल्सन पनि स्वदेश फर्किएका छन् ।
यससँगै काबुलमा अमेरिकी कूटनीतिज्ञको उपस्थिति शून्य हुन पुगेको छ । अमेरिकी विदेश मन्त्रालयका अनुसार काबुलस्थित अमेरिकी दूतावास तत्कालका लागि सञ्चालनमा आउनेछैन । तर पनि अफगानिस्तानमा रहने अमेरिकी नागरिकप्रति भने सरकार उत्तरदायी र जिम्मेवार रहने मन्त्रालयले जनाएको छ ।
एक युद्ध, चार राष्ट्रपति
अफगानिस्तानमा २० वर्ष लामो सैन्य उपस्थितिका बीच अमेरिकामा चार राष्ट्रपतिले शासन गरेका थिए । सन् २००१ को सेप्टेम्बर ११ को आक्रमणपछि अफगानिस्तानमा अमेरिकी सेना पठाउने राष्ट्रपति हुन्, जर्ज डब्लू बुस । त्यसपछि जारी द्वन्द्वका बीच दुई कार्यकाल बाराक ओबामा अमेरिकाका राष्ट्रपति भए । त्यसपछिका राष्ट्रपति डोनाल्ड ट्रम्पले तालिबानसँग सम्झौता गर्ने र अमेरिकी सेनालाई घर फर्काउने वाचा गरेका थिए । तर अमेरिकी सेना फर्काउने जिम्मेवारी भने वर्तमान राष्ट्रपति जो बाइडेनको काँधमा आइपुग्यो ।
अफगानिस्तानमा अमेरिकाले झन्डै २ ट्रिलियन अमेरिकी डलर खर्च गरेको छ । त्यस्तै २० वर्षको अवधिमा करिब २ हजार अमेरिकी सेनाले ज्यान गुमाएका छन् । यही अवधिमा युद्धकै कारण ज्यान गुमाउने अफगानीको संख्या १ लाख ७० हजारभन्दा बढी छ । अमेरिकाले अफगानिस्तानमा ठूलो धनराशि र मानवीय क्षतिका बाबजुद शान्तिसुरक्षा कायम गर्न नसकेको भन्दै आलोचना हुने गरेको छ ।
Comments
अरु समाचार
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
प्रधानमन्त्री ओली र मोदीबीच आज भेट वार्ता हुँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न राष्ट्रका...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...
-
विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
‘‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’’: मन्त्री गुरुङ
काठमाडौं । संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन । विश्वका अन्य देशमा नयाँ संविधान बनिसकेपछिको अभ्याससँग तुलना...