ताजा समाचार

वाईसीएलको नेतृत्व केन्द्रीय समितिबाटै टुंग्याउन प्रचण्डको निर्देशन

काठमाडाैं । योङ कम्युनिष्ट लीग नेपाल (वाईसीएल)को नेतृत्व चयन केन्द्रीय समितिले गर्ने भएको छ ।

नेकपा माओवादी केन्द्रको सहायक संगठन भनिएको वाईसीएल नेपालको अध्यक्ष चयनमा भएको विवादका कारण भेलाबाट अध्यक्ष चयन नहुने भएको हो ।

वाईसीएल पदाधिकारीको टोली अध्यक्ष प्रचण्ड निवास खुमलटारमा पुगेपछि प्रचण्डले वाईसीएल नेतृत्व विवादका कारण लामो समय हलाई बन्धक बनाउन नहुने र अहिले केन्द्रीय समिति विस्तार गरेर नेतृत्व चयनमा केन्द्रीय समितिलाई नै जिम्मा दिन निर्देशन दिएका हुन् ।

‘खुमलटारमा अध्यक्षले वाईसीएल पदाधिकारीलाई नेतृत्व विवाद समाधान गर्न केन्द्रीय समितिलाई जिम्मा दिने गरि अगाडी बढ्नुस भन्नु भो । भेलाले आज केन्द्रीय समिति गठन गर्नेछ । त्यसपछि केन्द्रीय समितिको बैठकले अध्यक्ष तथा पदाधिकारी चयन प्रक्रियामा आवश्यक निर्णय लिनेछ । यहि स्प्रिडमा काम गर्न निर्देशन भएको छ’, वाईसीएल नेपालका एक पदाधिकारीले भने ।

अहिलेका अध्यक्ष रामप्रसाद सापकोटा उमेर हदका कारण वाईसीएल नेतृत्वमा दोहोरिन नपाउने भएका कारण नयाँलाई नेतृत्व हस्तान्त्रण गर्नुपर्ने भएपनि अध्यक्षमा दुई जनाको दाबेदारी देखिएपछि पदाधिकारी चयन बिना नै भेला सकिन लागेको हो ।

अध्यक्षमा दाबेदारी प्रस्तुत गरिरहेका उपाध्यक्ष सुमन देवकोटा ‘अब्दुल’को समेत वाईसीएल विधान अनुसार अबको ६ महिना मात्रै उमेर बाँकी छ भने महासचिव सवोधराज सेर्पालीको भने अझै ४ वर्ष उमेर बाँकी रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org