ताजा समाचार

पदाधिकारीविनै केन्द्रीय कमिटी घोषणा गरेर वाईसीएलको राष्ट्रिय सम्मेलन सकिने

काठमाडौं ।  नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) को राष्ट्रिय सम्मलेन पदाधिकारीविनाको केन्द्रीय कमिटी घोषणा गरेर सक्ने तयारी भएको छ ।

केहीबेरमा केन्द्रीय कमिटी घोषणा गर्न लागिएको नेता पुष्प ओलीले जानकारी दिए । उनका अनुसार २३१ सदस्यीय कमिटी घोषणा हुनेछ ।

केन्द्रीय कमिटीको बैठकले पदाधिकारी चयन गर्ने उनले बताए । अध्यक्षको विवाद मिलाउन नसकेपछि पदाधिकारी पछि छान्ने गरी कमिटी घोषणा गर्न लागिएको हो ।

वाईसीएलको अध्यक्षमा सुवोधराज शेर्पाली र सुमन देवकोटाले दावेदारी प्रस्तुत गरेका थिए । बैठकमा विवाद भएपछि सोमबार बसेको पार्टीको स्थायी कमिटी बैठकले अध्यक्ष छान्ने जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org